अमेरिकामा दुई वर्षका अबोध बालकले खेलौना सम्झेर बन्दुकको ट्रिगर दबाउँदा पिताको मृत्यु « Khabarhub

अमेरिकामा दुई वर्षका अबोध बालकले खेलौना सम्झेर बन्दुकको ट्रिगर दबाउँदा पिताको मृत्यु


२४ जेष्ठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाको फ्लोरिडा राज्यस्थित ओर्लेण्डो सहर नजिकको एक घरमा दुई वर्षका बालकले गोली भरिएको बन्दुक खेलाउँदा उनका २६ वर्षीय पिताको मृत्यु भएको छ ।

भुइँमा रहेको झोलामा बन्दुक भेटेका ती अवोध बालकले खेलौना सम्झेर ट्रिगर दबाउँदा गम्भीर घाइते भएका उनका बाबु रेग्गी म्याब्रेको उपचारका लागि स्थानीय अस्पताल पु¥याएलगत्तै मृत्यु भएको अरेञ्ज काउण्टीका अधिकारीले पत्रकार सम्मेलनमा बताए । उनका छोराले ग्लोक १९ नामक बन्दुकले आफ्ना पितामाथि गोली चलाएको अमेरिकी अखबार न्युयोर्क टाइम्सको अनलाइन संस्करणले जनाएको छ ।

अधिकारीहरुले सुरुमा रेग्गीले आत्महत्या गरेको आशङ्का गरेका थिए । यद्यपि पछि मृतकका जेठा छोराले अनुसन्धान अधिकारीहरूलाई आफ्ना दुई वर्षीय भाइले बन्दुकको ट्रिगर दबाउँदा कम्प्युटरमा भिडियो गेम खेलिरहेका बाबाको ढाडमा गोली लागेको बयान दिएका थिए । घटनाको समयमा पाँच महिनाकी बालिकासहित परिवारका पाँच सदस्य एउटै कोठामा रहेको बताइएको छ ।

पछिल्ला केही समययता अमेरिकामा विभिन्न गोलीकाण्डका घटनाबारे समाचार सार्वजनिक भइरहेका बेला अबोध बालकले बन्दुकलाई खेलौना सम्झेर आफ्नै पितामाथि गोली चलाएका हुन् ।

प्रकाशित मिति : २४ जेष्ठ २०७९, मंगलबार  ४ : ५९ बजे

चर्को गर्मी, कठिन छायाङ्कन र विद्रोही चरित्र : नानाको अन्तिम फिल्मको कथा

काठमाडौं– बलिउडमा आफ्नो दमदार अभिनय र फरक चरित्रका कारण परिचित

प्रतिकूल मौसमले दोलखाका धान किसान चिन्तित, भित्र्याउन चटारो

दोलखा– मुख्य बाली धान भित्र्याउने समयमै मौसम प्रतिकूल बनेपछि दोलखाका

चितवनमा खैरो हेरोइनसहित तीन जना पक्राउ

नारायणगढ –  चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित

लोकेशको विष्फोटक ब्याटिङमा विराटनगरले कर्णालीलाई दियो १ सय ८७ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

अफगानिस्तानमा मानव तस्करीको प्रयासबाट १२७ जनाको उद्धार

एजेन्सी– अफगानिस्तानको पश्चिमी निमरोज प्रान्तमा प्रहरीले मानव तस्करीको प्रयासबाट १२७