निर्देशककै बाटोमा प्रदीप  « Khabarhub

निर्देशककै बाटोमा प्रदीप 


२४ जेष्ठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतीक्षित फिल्म मध्येको एक  ‘प्रकाश’ को टिजर सार्वजनिक भएसँगै यसको चर्चा बढ्दो छ । कर्णालीको लुक्समा तयार पारिएको टिजरमा प्रदिप खड्का र दिया मास्के सशक्त भूमिकामा देखिएका छन् । दिनेश राउतको निर्देशनमा तयार फिल्मले एक युवाले शिक्षक बन्न गर्ने संघर्षको कथा प्रस्तुत गरेको छ । विकास सुबेदीको लेखन रहेको फिल्मको टिजरले जनयुद्धमा सहभागी बेपत्ता योद्धाको परिवारको कथा देखाएको बुझ्न सकिन्छ । जहाँ आमा र छोराको इमोसन प्रस्तुत गरिएको छ । 

सार्वजनिक टिजरको पृष्ठभूमिमा बज्ने कर्णालीको लोक भाकाले त्यहाँको परिवेशसँग नजिक बनाएको छ । आगामी भाद्र १० गतेबाट प्रदर्शनमा आउने फिल्मको यसअघि फस्टलुक पोस्टर सार्वजनिक गरिएको थियो । जुम्लामा छायांकन भएको फिल्मले त्यहाँको परिवेशलाई टिपेको छ । यसमा प्रदिप र दियासँगै रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाही लगायतका कलाकारको अभिनय रहेको छ । 

यो फिल्म मार्फत निर्देशक दिनेशसँगै प्रदीप पनि फेरिएका छन् । लभ स्टोरी फिल्म मार्फत आफूलाई स्थापित गरेका दिनेशले पछिल्ला केही फिल्म यता आफूलाई बदले । आइएम सरि , नोभेम्बर रेन र क्लासिक जस्ता लभ स्टोरी फिल्म निर्देशन गरेका दिनेशले पर्व मार्फत जनरा परिवर्तन गरे । त्यसपछि उनले निर्देशन गरेको फिल्म ‘प्रसाद’ को निकै चर्चा भयो । 

प्रसादसम्मको यात्रा तय गर्दा दिनेशले आफ्नो निर्देशकीय शैलीमा परिवर्तन गर्दै फरक जनरामा आफूलाई प्रमाणित गरे । त्यसपछि उनले निर्देशन गरेको फिल्म ‘प्रकाश’ मा उनी मात्र फेरिएका छैनन्, चकलेटी लुक्समा प्रदीप पनि फेरिए । ‘प्रेम’ को उपनाम दर्शक मार्फत पाएका प्रदीपलाई प्रकाश बन्न सहज थिएन । आफ्नो चकलेटी लुक्ससँगै अभिनय क्षमता देखाउनु पर्ने चुनौती पनि थियो । 

यद्यपि सार्वजनिक टिजरले यसलाई मेटाएको छ । प्रदीपका फ्यानले रुचाएका छन् भने उनको अभिनयलाई लिएर आउने प्रतिक्रिया पनि सकारात्मक छ । निर्देशन राउतले आफूले प्रदीपमा देखेको क्षमतालाई दर्शकसम्म ल्याउने आट गरेको बताउँछन् । ‘प्रदीपलाई पनि प्रकाश बनाउन सहज थिएन । यद्यपि उनले सक्ने भूमिका र त्यसको लागि गर्ने मेहनत देखेर मैले उनलाई प्रकाशको रुपमा दर्शकसामु ल्याउने आँट गरेको हुँ’ निर्देशक राउतले भने । उनले फिल्म मार्फत प्रदीपको चकलेटी ब्वाईसँगै चरित्रलाई निर्वाह गर्ने सक्ने क्षमतालाई बाहिर ल्याउनेमा विश्वस्त छन् । बिनिस इन्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको फिल्ममा राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दीपक शर्मा, तारा प्रकाश लिम्बू र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ । फिल्म भदौ १० गते रिलिज हुँदैछ ।

प्रकाशित मिति : २४ जेष्ठ २०७९, मंगलबार  ५ : ४९ बजे

एनपीएलको उद्घाटन प्रधानमन्त्री शाहले गर्ने

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्रधानमन्त्री वालेन्द्र

दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

चितवन– दुर्लभ एक सिङ्गे गैँडाका लागि प्रख्यात जिल्लामा गठनभएको त्रिकेट

पर्यटकको रोजाइमा म्याग्दीको भुरुङ्ग–तातोपानी

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ्ग–तातोपानी कुण्ड आन्तरिक एवं

झापाका किसानलाई हात्तीबाट धानबाली जोगाउने चिन्ता

झापा- झापाका किसानमा धान पाक्ने समय नजिकिएसँगै जङ्गली हात्तीबाट बाली

कोदो खेती घट्दो, पिठोको माग उच्च

जुम्ला- पछिल्लो समयमा जिल्लामा कोदो खेती गर्नेको सङ्ख्या घट्ने क्रममा