काठमाडौँ महानगरको कार्यपालिका सदस्य चयनका लागि मतदान सम्पन्न « Khabarhub

काठमाडौँ महानगरको कार्यपालिका सदस्य चयनका लागि मतदान सम्पन्न


२४ जेष्ठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरको कार्यपालिका सदस्य निर्वाचन कार्यक्रम अन्तर्गत मतदान सम्पन्न भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको स्थान राष्ट्रिय सभा गृहमा आज मतदान भएको हो ।

गएको बैशाख ३१ गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट काठमाडौँ महानगरका लागि निर्वाचित जनप्रतिनिधि मतदाता रहेको निर्वाचनमा महानगरका प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता डंगोलसहित १६० जना सबै सदस्यले मतदान गरेका छन् ।

प्रमुख र उपप्रमुखसहित १६२ मतदाता हुनुपर्नेमा वडा २४ र २५ मा दलित महिला सदस्य पदका लागि कसैको पनि उम्मेदवारी नपरेकोले प्रमुख उपप्रमुखसहित मतदाताको संख्या १६० भएको हो ।

निर्वाचनबाट ८ जना कार्यपालिका सदस्य निर्वाचित हुनेछन् । ८ जनामध्ये ५ जना वडाको महिला सदस्य पदमा विजय हासिल गरेकामध्ये उम्मेदवारी दिएकाबाट निर्वाचित हुने र बाँकी ३ जना दलित वा अल्पसंख्यकबाट उम्मेदवारी दिएका व्यक्ति निर्वाचित हुनेछन् । निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको सहभागिता रहेको छ ।

निर्वाचनमा महिला सदस्यका तर्फबाट कार्यपालिका सदस्यका लागि नेपाली कांग्रेसबाट कञ्चना नेपाली हरिजन, मीना सिंह, मीना सुनार र ललिता खड्गीको उम्मेदवारी परेको छ ।

यसैगरी नेकपा एकीकृत समाजवादीकातर्फबाट मैयाँ लक्ष्मी महर्जनको उम्मेदवारी परेको छ । यसैगरी नेकपा एमालेकातर्फबाट शर्मिला परियार, शारदा सुवेदी, शोभा कार्की, हीरादेवी पोखरेल र हेराशोभा डंगोलको उम्मेदवारी परेको छ ।

यसैगरी दलित वा अल्पसंख्यकतर्फ नेकपा एमालेबाट केशव भुजेल, चन्द्रकला सुन्दास र प्रेम पोडे पुजारीकोको उम्मेदवारी छ । यस्तै नेपाली कांग्रेसकातर्फबाट बिनोद अछामी र महेश नेपालीको उम्मेदवारी छ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट अनिता कार्की ढली उम्मेदवार छिन् ।

प्रकाशित मिति : २४ जेष्ठ २०७९, मंगलबार  ७ : २५ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर