बेलायती प्रधानमन्त्री जोनसनले राजीनामा नदिने « Khabarhub

बेलायती प्रधानमन्त्री जोनसनले राजीनामा नदिने


२३ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लन्डन – बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको सरकारबाट थप पाँच जना कनिष्ठ मन्त्रीले बुधबार सामूहिक राजीनामा दिएपछि राजीनामा दिने टोरी सांसदको संख्या २७ पुगेको छ । प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्ट जनाउँदै एकपछि अर्को मन्त्रीले राजीनामा दिएका हुन् ।

मन्त्रीहरुको राजीनामापछि प्रधानमन्त्री जोनसन राजनीतिक संकटमा परेका छन् । प्रधानमन्त्रीले राष्ट्रिय हित विपरित गरेको उनीहरुले आरोप लगाएका छन् ।

अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्यमन्त्री साजिद जाविदको नाटकीय राजीनामापछि बुधबार एकपछि अर्को मन्त्रीले राजीनामा दिएका थिए । राजनीतिक संकट चर्किरहेका बेला प्रधानमन्त्री जोनसनले लेभलिङ अप, हाउजिङ तथा कम्युनिटी मन्त्री माइकल गोभलाई बर्खास्त गरेका छन् । यसअघि गोभले प्रधानमन्त्रीको राजीनामा माग गरेका थिए ।

ठूलो संख्यामा मन्त्रीहरूको राजीनामा र पार्टीभित्रै भइरहेको विद्रोहबीच प्रधानमन्त्रीले राजीनामा नदिने अडान राखेका छन् । ब्रिटिश संसद्को नियमित प्रश्नोत्तर सत्रमा उनले आफूले सन् २०१९ को निर्वाचनबाट जनादेश पाएको र त्यो जारी रहने बताए ।

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार  ६ : २३ बजे

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

काठमाडौँ– राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर

इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीले तेल प्रतिब्यारेल १०० डलर नाघ्यो

काठमाडौँ – अमेरिका र इरानबीचको वार्ता कुनै निष्कर्षबिना टुङ्गिएपछि विश्व

केही भूभागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीपछि इरानले भन्यो- ‘अमेरिकी धम्कीले झुक्दैनौँ’

वासिङ्टन– इरानले आत्मसमर्पण नगर्ने चेतावनी दिएको केही घण्टाभित्रै अमेरिकी सेनाले

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

काठमाडौँ– कालीगण्डकी जलाशयुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने