कतारका लागि नवनियुक्त नेपाली राजदूत ढकालले सम्हाले कार्यभार  « Khabarhub

कतारका लागि नवनियुक्त नेपाली राजदूत ढकालले सम्हाले कार्यभार 


२३ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – कतारका लागि नवनियुक्त नेपाली राजदूत डा. नरेशविक्रम ढकालले नेपाली दूतावास दोहामा आफ्नो कार्यभार सम्हालेका छन् ।

बुधबार अपराह्न दूतावासमा आयोजित एक कार्यक्रममा राजदूत ढकाललाई कूटनीतिक तथा स्थानीय कर्मचारीहरूले स्वागत गरेका थिए । सो अवसरमा दूतावासको तर्फबाट नियोग उपप्रमुख लक्ष्मण खनालले दूतावासको सेवा प्रवाह र नेपाल-कतार द्विपक्षीय सम्बन्धबारे जानकारी गराएका थिए ।

राजदूत ढकालले उपस्थित कूटनीतिक तथा स्थानीय कर्मचारीहरूलाई स्वागतका लागि धन्यवाद व्यक्त गर्दै दूतावासको सेवा प्रवाहलाई आवश्यकता अनुरूप थप चुस्त बनाउने प्रतिबद्धता समेत व्यक्त गरे।

नेपाल-कतार सम्बन्धका विविध आयामहरूमा उपलब्ध सम्भावनालाई नेपाल र नेपालीको हितका लागि उपयोग गर्ने दिशामा आफ्ना प्रयासहरू केन्द्रित रहने बताए ।

दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उनलाई कतारको परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल तथा दूतावासका कूटनीतिक अधिकारीहरूले स्वागत गरेका थिए ।

यसअघि केपी ओली सरकारले कतारका लागि नियुक्त गरेका राजदूत नारदनाथ भारद्वाज वाग्लेलाई देउवा सरकारले कार्यकाल पूरा नहुँदै फिर्ता बोलाए पछि नयाँ राजदूतको रुपमा ढकाल आएका हुन् ।

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार  ६ : ३७ बजे

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

काठमाडौँ– राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर

इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीले तेल प्रतिब्यारेल १०० डलर नाघ्यो

काठमाडौँ – अमेरिका र इरानबीचको वार्ता कुनै निष्कर्षबिना टुङ्गिएपछि विश्व

केही भूभागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीपछि इरानले भन्यो- ‘अमेरिकी धम्कीले झुक्दैनौँ’

वासिङ्टन– इरानले आत्मसमर्पण नगर्ने चेतावनी दिएको केही घण्टाभित्रै अमेरिकी सेनाले

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

काठमाडौँ– कालीगण्डकी जलाशयुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने