नेप्से १६ अंकले घट्यो « Khabarhub

नेप्से १६ अंकले घट्यो


२३ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पुँजी बजार सूचक नेप्से बिहीबार १६‍.६० अंकले घटेको छ । यससँगै सूचक २०२७.३२ विन्दुमा आएको छ । आज एक अर्ब ८० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

असार दोस्रो सातादेखि बजार समग्रमा सकारात्मक गतिमा अघि बढिरहेको छ । तथापि, लामो समयदेखि तल झरेकाले सर्वसाधारण लगानीकर्ता आत्तिएका थिए । भाउ तल घट्दा त्रसित भएका लगानीकर्ताको मनोविज्ञान अझै पूर्ण रूपमा सकारात्मक बनिसकेको छैन । सोही कारण थोरै बढ्दा आत्तिएर बेच्नेहरू अझै छन् ।

तर, समग्रमा बजारले सकारात्मक गति लिँदै गएको छ । बैंकिङ प्रणालीमा तरलता सहज हुँदै गएको छ । यो बजारका लागि सुखद पक्ष हो । आम लगानीकर्ता यति बेला मौद्रिक नीतिको प्रतीक्षामा छन् । अहिलेको योजनाअनुसार काम भएमा केन्द्रीय बैंकले साउन पहिलो सातामै मौद्रिक नीति ल्याउने तयारी गरेको छ ।

आज दुई सय २९ कम्पनीको ४७ लाख ११ हजारभन्दा धेरै कित्ता सेयर कारोबार भएको छ । म्युचुअल फन्डबाहेक बाँकी सबै समूहको सूचक घटेका छन् । सात करोड ६५ लाख रुपैयाँभन्दा बढीको कारोबारसहित एलआइसी नेपाल अग्रस्थानमा रहेको छ । यसै गरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः अरुण काबेली पावर र शिवम् सिमेन्ट्स छन् ।

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार  ३ : ४८ बजे

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज १७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १७ गते शनिबार सन् २०२६