मिस इण्डिया सिनीलाई कास्ट गर्ने तयारीमा जूनियर एनटीआर « Khabarhub

मिस इण्डिया सिनीलाई कास्ट गर्ने तयारीमा जूनियर एनटीआर


२३ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मिस इण्डिया २०२२ को उपाधि जितेकी कन्नड सुन्दरी सिनी शेट्टीलाई फिल्ममा ल्याउने तयारी सुरु भएको छ ।

सौन्दर्य प्रतियोगिता जितेका ऐश्वर्या राय बच्चन, सुष्मिता सेनदेखि लिएर लारा दत्ता, प्रियंका चोपडा र मानुषी छिल्लरसम्म बलिउडमा राम्रै पाइला चाले । अबको पर्खाइ सिनीमा छ ।

समाचारअनुसार टलिउड स्टार जूनियर एनटिआर र कोरताला शिवाले आफ्नो फिल्म ‘एनटिआर ३०’ का लागि सिनीलाई अनुबन्ध गर्ने विषयमा चासो देखाएका छन् । एनटिआर र शिवा हाल यो विषयमा छलफल गरिरहेका छन् । उनीहरूले चासो दिए पनि सिनी तुरुन्तै फिल्ममा अनुबन्धित हुने सम्भावना न्यून छ ।

किनकी सौन्दर्य प्रतियोगिता जितेपछि एक वर्षसम्म विजेताले आयोजकका अत्यावश्यक कामहरु पुरा गर्नुपर्ने हुन्छ । यही कारण उनीहरूले फिल्म या कुनै ब्राण्ड एन्डोर्समेन्ट जस्ता प्रोजेक्टमा हस्ताक्षर गर्न पाउँदैनन् । यदि जूनियर एनटीआरले सिनीलाई नै लिने हो भने उनले एक वर्षसम्म पर्खिनुपर्ने हुन्छ ।

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार  ४ : ४० बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल