‘दबंग ४’ बन्ने  « Khabarhub

‘दबंग ४’ बन्ने 


२३ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अभिनेता सलमान खान आफ्नो लोकप्रिय फिल्म फ्रेञ्चाइजी ‘दबंग’ को चौथो संस्करण ‘दबंग ४’ दर्शकमाझ ल्याउने भएका छन् । फिल्मको लेखन तथा निर्देशन तिग्मांशु धुलियाले गर्नेछन् ।

फिल्मको सुटिङ डिसेम्बरबाट सुरु हुनेछ । सलमान निर्देशक तिग्मांशुलाई आफ्नो आइडल पर्सन मान्छन् । त्यहीकारणले उनलाई लेखन र निर्देशनको जिम्मेवारी दिएका हुन् । सलमानको बुझाइमा तिग्मांशुले चुलबुल पाण्डेको कथामा थ्रिल र एडभेञ्चर ल्याउन सक्छन् । त्यही कारण उनी तिग्मांशुको कामबाट खुसी छन् ।

तिग्मांशुले आफ्नो करियरको सुरुवात फिल्म ‘हासिल’बाट गरेका थिए । यसपछि उनले ‘साहब बीबी और ग्याङगस्टर’, ‘पान सिंह तोमर’, ‘साहब बीबी और ग्याङ्गस्टर रिटन्र्स’, ‘बुलेट राजा’ र ‘यारा’ जस्ता फिल्मको निर्देशन गरेका छन् । उनले ‘ग्याङ्स अफ वासेपुर’, ‘शाहीद’, ‘जीरो’ र ‘माझी द माउन्टेन मेन’ जस्ता फिल्ममा अभिनय पनि गरेका छन् ।

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार  ५ : ०४ बजे

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति

प्रदीप पौडेल र गुरुराज घिमिरे कांग्रेस महामन्त्री निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरे

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति