बेलायती प्रधानमन्त्री जोनसनद्वारा पदबाट राजीनामा « Khabarhub

बेलायती प्रधानमन्त्री जोनसनद्वारा पदबाट राजीनामा


२३ असार २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बेलायती प्रधानमन्त्री बोरिस जोनसनले पदबाट राजीनामा दिएका छन् । बेलायती प्रधानमन्त्री कार्यालय १० डाउनिङ स्ट्रिटमा सम्बोधन गर्दै प्रधानमन्त्री जोनसनले राजीनामा दिएको घोषणा गरेका हुन् ।

‘नयाँ नेता चुन्ने प्रक्रिया अब सुरु हुनुपर्छ ।’ प्रधानमन्त्री जोनसनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

सत्तारुढ कन्जरभेटिभ पार्टीका सांसद् तथा उनी नेतृत्वको मन्त्रिपरिषद्का प्रभावशाली मन्त्रीहरुले जोनसनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सामूहिक राजीनामा दिएसँगै जोनसनमाथि पनि राजीनामा दिन दबाब उत्पन्न भएको थियो ।

यद्यपि प्रधानमन्त्री जोनसनले यसअघि आफूले राजीनामा नदिने अडान लिएका थिए ।

उनले राजीनामा दिएसँगै नयाँ प्रधानमन्त्री टुङ्गो नलागेसम्मका लागि आफैँले प्रधानमन्त्रीको जिम्मेवारीलाई निरन्तरता दिने बताएका छन् ।

प्रकाशित मिति : २३ असार २०७९, बिहिबार  ५ : ३४ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा