बेलायती प्रधानमन्त्री जोनसनद्वारा पदबाट राजीनामा | Khabarhub Khabarhub

बेलायती प्रधानमन्त्री जोनसनद्वारा पदबाट राजीनामा


२३ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बेलायती प्रधानमन्त्री बोरिस जोनसनले पदबाट राजीनामा दिएका छन् । बेलायती प्रधानमन्त्री कार्यालय १० डाउनिङ स्ट्रिटमा सम्बोधन गर्दै प्रधानमन्त्री जोनसनले राजीनामा दिएको घोषणा गरेका हुन् ।

‘नयाँ नेता चुन्ने प्रक्रिया अब सुरु हुनुपर्छ ।’ प्रधानमन्त्री जोनसनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

सत्तारुढ कन्जरभेटिभ पार्टीका सांसद् तथा उनी नेतृत्वको मन्त्रिपरिषद्का प्रभावशाली मन्त्रीहरुले जोनसनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सामूहिक राजीनामा दिएसँगै जोनसनमाथि पनि राजीनामा दिन दबाब उत्पन्न भएको थियो ।

यद्यपि प्रधानमन्त्री जोनसनले यसअघि आफूले राजीनामा नदिने अडान लिएका थिए ।

उनले राजीनामा दिएसँगै नयाँ प्रधानमन्त्री टुङ्गो नलागेसम्मका लागि आफैँले प्रधानमन्त्रीको जिम्मेवारीलाई निरन्तरता दिने बताएका छन् ।

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार  ५ : ३४ बजे

जापान पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी जापान पठाइदिन्छु भन्दै

एमाले-कांग्रेस मिल्दा जनतामा आत्मविश्वास बढेको छ : उपमहासचिव ज्ञवाली

गोदावरी– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले संसदका

अख्तियारको एक वर्षे उपलब्धि- २६ हजार उजुरी आउँदा १५ सय ४५ विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गत आर्थिक वर्षमा २६ हजार

माओवादीले अडान नछाडेपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं- ‘हिंसा’ शब्दलाई लिएर दलहरूबीच चर्किएको विवादको समाधान ननिस्किँदा प्रतिनिधिसभाको

माओवादी सांसदले राष्ट्रिय सभा बैठकमै लगाइन् ‘जनयुद्ध’ जिन्दावादको नारा

काठमाडौं- तत्कालीन अवस्थामा नेकपा माओवादी नेतृत्वमा भएको १० वर्ष लामो