हलमा दया र विपिनको दुई फिल्म एकसाथ आउने सम्भावना  « Khabarhub

हलमा दया र विपिनको दुई फिल्म एकसाथ आउने सम्भावना 


२३ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आउँदो तिहारलाई लक्षित गर्दै फिल्महरू धमाधम घोषणा भइरहेका छन् । बिदाको लोभमा फिल्मकर्मीहरू एकआपसमा जुध्ने मुडमा छन् । कोरोना भाइरस पश्चात फिल्मलाई चलायमान बनाउन एकअर्कालाई सहयोग गर्दै अगाडि बढ्नु पर्ने बताउँदै आएका फिल्मकर्मीहरू व्यापारको लोभमा लड्ने वा भिड्ने तय गरिसकेका छन् । आउँदो तिहारमा दुई नम्बरी, नालापानी, प्रसाद २, के घर के डेरा प्रदर्शन आउने बताइएको छ । 

यी फिल्महरू नहट्ने हुन् भने हलमा दयाहाङ राई भर्सेस दयाहाङ राई र विपिन कार्की भर्सेस विपिन कार्की हुने सम्भावना बढेको छ। निर्देशक दीपेन्द्र के खनालले आफू निर्देशित फिल्म ‘के घर के डेरा’ लाई तिहारमा रिलिज गर्ने  घोषणा गरेसँगै हलमा एउटै कलाकारहरूको फिल्म जुध्ने तय छ । डिएस डिजिटलले डेब्यु निर्देशक सुरज पाण्डेको निर्देशनमा बनेको फिल्म ‘परस्त्री’ रिलिज हुने डेट ‘के घर के डेरा’ को लागि छाडेपछि हलमा एकसाथ एकै कलाकारको फिल्म भिड्ने छ ।

‘के घर के डेरा’ मा विपिन कार्की र दयाहाङ राई छन् । दुई नम्बरीमा दयाहाङ राई र सौगात मल्ल छन् । यता, प्रसको सिक्वेलमा विपिन कार्की छन् । तिहारमा दीपेन्द्र लामा निर्देशित फिल्म  ‘दुई नम्बरी’ पनि प्रदर्शन तय गरेर पोष्ट प्रोडक्सनको काममा छ । दुबै फिल्ममा दया छन् । पछिल्लो फिल्म  ‘कबड्डी’ मार्फत चर्चामा रहेका दयाको एकसाथ फिल्म प्रदर्शनमा आउनु दर्शकका लागि भने राम्रो होइन । त्यसो त दुई दीपेन्द्रको भिडन्त यो पहिलो भने होइन । यस अगाडि पनि लभ लभ लभ र घामपानी नयाँ वर्षको डेटमा भिडेका थिए ।

फेस्टिभलको समय र स्टारकास्ट हेरेर दुई नम्बरीको डेटमा के घर के डेरा ल्याइएको छ । यता आउँदो सातादेखि छायांकनमा जाने फिल्म ‘प्रसाद २’ ले पनि फिल्म घोषणा कार्यक्रममा नै रिलिज तिहार घोषणा गरेको छ । फिल्ममा मुख्य अभिनेता विपिन छन् । सुदर्शन थापा निर्देशित फिल्म ‘प्रसाद २’ निर्माण टिमले पनि तिहारलाई रिलिज तय गरेर काम अगाडि बढाएको बताएका छन् । 

बिदालाई लक्षित गर्दै यी फिल्महरू प्रदर्शन तय भएका हुन् वा अन्य आपसी केही कारण छन् रु यो त आउँदो दिनमा थाहा हुने नै छ । यद्यपि आफ्नै फिल्म एकआपसमा भिड्दा दया र विपिनले के कस्तो सहकार्यको भूमिका निर्वाह गर्छन् ? यो भने हेर्न बाँकी छ ।

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार  ५ : ५९ बजे

दोषीमाथि कानुनी कारबाहीको माग गर्दै वीरगञ्जमा स्वास्थ्यकर्मीको प्रदर्शन

वीरगञ्ज- नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको आक्रमणको विरोधमा स्वास्थ्यकर्मीहरूले आइतबार वीरगञ्जको

अभियोजनलाई प्रविधिमैत्री बनाउन महान्यायाधिवक्ताको पाँच वर्षीय रणनीति

काठमाडौं– महान्यायाधिवक्ता कार्यालयले अभियोजनलाई प्रविधिमैत्री बनाउने परिलक्ष्यका साथ चौथो पञ्चवर्षीय

नारायणी अस्पताल घटनाका घाइते चिकित्सक ट्रमा सेन्टरमा, मन्त्री मेहताद्वारा स्वास्थ्य अवस्थाको जानकारी

काठमाडौं– नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणमा गम्भीर घाइते भएका मेडिकल

देवानगञ्ज घटना : कोशीका डीआईजी, सुनसरीका सीडीओ र एसपीलाई फिर्ता बोलाइयो

काठमाडौं- गयराति सुनसरीमा भएको हिंसात्मक घटनापछि त्यहाँका प्रमुख जिल्ला अधिकारी

फार्मेसी दर्ता तथा नवीकरणमा स्थानीय तहको सिफारिस अनिवार्य

काठमाडौंं– औषधि व्यवस्था विभागले नयाँ फार्मेसी दर्ता तथा सञ्चालनमा रहेका