हलमा दया र विपिनको दुई फिल्म एकसाथ आउने सम्भावना  « Khabarhub

हलमा दया र विपिनको दुई फिल्म एकसाथ आउने सम्भावना 


२३ असार २०७९, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आउँदो तिहारलाई लक्षित गर्दै फिल्महरू धमाधम घोषणा भइरहेका छन् । बिदाको लोभमा फिल्मकर्मीहरू एकआपसमा जुध्ने मुडमा छन् । कोरोना भाइरस पश्चात फिल्मलाई चलायमान बनाउन एकअर्कालाई सहयोग गर्दै अगाडि बढ्नु पर्ने बताउँदै आएका फिल्मकर्मीहरू व्यापारको लोभमा लड्ने वा भिड्ने तय गरिसकेका छन् । आउँदो तिहारमा दुई नम्बरी, नालापानी, प्रसाद २, के घर के डेरा प्रदर्शन आउने बताइएको छ । 

यी फिल्महरू नहट्ने हुन् भने हलमा दयाहाङ राई भर्सेस दयाहाङ राई र विपिन कार्की भर्सेस विपिन कार्की हुने सम्भावना बढेको छ। निर्देशक दीपेन्द्र के खनालले आफू निर्देशित फिल्म ‘के घर के डेरा’ लाई तिहारमा रिलिज गर्ने  घोषणा गरेसँगै हलमा एउटै कलाकारहरूको फिल्म जुध्ने तय छ । डिएस डिजिटलले डेब्यु निर्देशक सुरज पाण्डेको निर्देशनमा बनेको फिल्म ‘परस्त्री’ रिलिज हुने डेट ‘के घर के डेरा’ को लागि छाडेपछि हलमा एकसाथ एकै कलाकारको फिल्म भिड्ने छ ।

‘के घर के डेरा’ मा विपिन कार्की र दयाहाङ राई छन् । दुई नम्बरीमा दयाहाङ राई र सौगात मल्ल छन् । यता, प्रसको सिक्वेलमा विपिन कार्की छन् । तिहारमा दीपेन्द्र लामा निर्देशित फिल्म  ‘दुई नम्बरी’ पनि प्रदर्शन तय गरेर पोष्ट प्रोडक्सनको काममा छ । दुबै फिल्ममा दया छन् । पछिल्लो फिल्म  ‘कबड्डी’ मार्फत चर्चामा रहेका दयाको एकसाथ फिल्म प्रदर्शनमा आउनु दर्शकका लागि भने राम्रो होइन । त्यसो त दुई दीपेन्द्रको भिडन्त यो पहिलो भने होइन । यस अगाडि पनि लभ लभ लभ र घामपानी नयाँ वर्षको डेटमा भिडेका थिए ।

फेस्टिभलको समय र स्टारकास्ट हेरेर दुई नम्बरीको डेटमा के घर के डेरा ल्याइएको छ । यता आउँदो सातादेखि छायांकनमा जाने फिल्म ‘प्रसाद २’ ले पनि फिल्म घोषणा कार्यक्रममा नै रिलिज तिहार घोषणा गरेको छ । फिल्ममा मुख्य अभिनेता विपिन छन् । सुदर्शन थापा निर्देशित फिल्म ‘प्रसाद २’ निर्माण टिमले पनि तिहारलाई रिलिज तय गरेर काम अगाडि बढाएको बताएका छन् । 

बिदालाई लक्षित गर्दै यी फिल्महरू प्रदर्शन तय भएका हुन् वा अन्य आपसी केही कारण छन् रु यो त आउँदो दिनमा थाहा हुने नै छ । यद्यपि आफ्नै फिल्म एकआपसमा भिड्दा दया र विपिनले के कस्तो सहकार्यको भूमिका निर्वाह गर्छन् ? यो भने हेर्न बाँकी छ ।

प्रकाशित मिति : २३ असार २०७९, बिहिबार  ५ : ५९ बजे

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा

काठमाडौँ– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक

आज सोमबार, भगवान शिवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६

आज २०८३ साल कात्तिक ९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ