‘एनएनटीभी सर्टस’ घोषणा « Khabarhub

‘एनएनटीभी सर्टस’ घोषणा


२३ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युवा फिल्ममेकरबाट उत्कृष्ट सर्ट फिल्म खोज्न नेपाल नेटवर्क टेलिभिजनले ‘एनएनटीभी सर्टस’ प्रतियोगिताको घोषणा गरेको छ ।

‘मेरो कथा, मेरो सिनेमा’ नारा दिइएको यस कार्यक्रमबारे टेलिभिजनका सीईओ दिनेश डिसीले जानकारी दिँदै कार्यक्रममा सहभागिता जनाउन चाहने व्यक्ति वा समूहले आफूले निर्माण गर्न चाहेको सर्ट फिल्मको कथा सार अनलाइनमार्फत पेस गर्न आह्वान गरे ।

‘परीक्षणको समयमा गीत मात्र नभई कार्यक्रम  दिनु पर्छ भन्ने योजनाका साथ हामीले यो घोषणा गरेका हौँ । हामी नभनिएका वा मौका नपाएका कथाहरूलाई दर्शकसम्म पुर्‍याउन चाहन्छौँ’ डिसीले भने । सुनिल थापा, पूजा शर्मा र दीपेन्द्र के खनाल जुरी रहेको प्रतियोगितामा सहभागीहरूले १२ देखि २४ मिनेटसम्मको सर्ट फिल्म निर्माण गर्नुपर्ने छ । प्रतिस्पर्धीले आउँदो २० साउनभित्रमा सर्ट फिल्मको कथा सार दर्ता गराइसक्नुपर्ने र कथाहरू छनोट भएमा २५ साउनदेखि २५ भदौभित्रमा सर्ट फिल्म निर्माण पूरा गर्नुपर्नेछ ।

छनोटमा परेका सर्ट फिल्महरूबारे निर्णायक मण्डलले २६ भदौदेखि मूल्याङ्कन गर्नेछन् । ती सर्ट फिल्म १ असोजदेखि नेपाल नेटवर्क टेलिभिजनमा प्रसारण हुनेछन् । प्रसारित सर्ट फिल्ममध्ये पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः २ लाख, १ लाख ५० हजार र ५० हजार रुपैयाँ नगदका साथै ट्रफी र प्रमाण पत्रसमेत पाउनेछन् ।

यसबाहेक अन्य १० वटा फिल्मलाई नगद १० हजार रुपैयाँसहित प्रमाणपत्र सहित उत्कृष्ट पाँच लघु चलचित्रकर्मीलाई डीएआर मुभिजबाट निर्माण हुने फिल्महरूमा तथा नेपाल नेटवर्क टेलिभिजनबाट निर्माण हुने टेलिचलचित्रहरुमा प्राथमिकताका आधारमा काम गर्ने अवसर प्रदान गरिने बताइएको छ । कार्यक्रममा बोल्दै जज सुनिल थापाले यसले नयाँ फिल्मकर्मीलाई अवसर दिने बताए ।

‘हामीले नयाँ आइडिया भएका कथाकार भनौँ वा मेकर्सको टिमलाई एउटा बाटो तयार गर्दै छौँ । आस छ , यस्ता प्रतियोगिताले ती प्रतिभालाई अगाडी आउन सघाउने छ । किनकि यहाँ प्लेटफर्म नपाउँदा धेरै ट्यालेन्टहरु बेकार भएका छन्’ कलाकार थापाले भने । कार्यक्रममा बोल्दै वरिष्ठ कलाकार सन्तोष पन्तले पनि यस प्रतियोगितालाई सफलताको शुभकामना दिए ।

‘मैँले गरेको काममा जानेर, बुझेर वा अन्जानमै केही प्रतिभालाई अगाडी ल्याए । उनीहरू आज कलाकारिता वा योसँग जोडिएको क्षेत्रमा सफल देख्दा खुसी लाग्छ । यो प्रतियोगिता पनि त्यस्तै प्लेटफर्म बनोस्, शुभकामना’ कलाकार पन्तले भने । ‘एनएनटीभी सर्टस’ प्रतियोगिता घोषणा कार्यक्रममा वरिष्ठ कलाकार कृष्ण मल्ल, निर्देशक दीपाश्री निरौला, निर्देशक सम्झना उप्रेती रौनियार, कलाकार जीतु नेपाल, निर्माता तथा गायक अर्जुन कुमार, कलाकार विजय लामा, चलचित्र निर्देशक समाजकी अध्यक्ष रक्षा सिंह राणा, चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामा, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, वरिष्ठ फोटो पत्रकार विकाश रौनियार, चलचित्र पत्रकार संघका उपाध्यक्ष जीवन पराजुली लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार  ५ : ३९ बजे

दोषीमाथि कानुनी कारबाहीको माग गर्दै वीरगञ्जमा स्वास्थ्यकर्मीको प्रदर्शन

वीरगञ्ज- नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको आक्रमणको विरोधमा स्वास्थ्यकर्मीहरूले आइतबार वीरगञ्जको

अभियोजनलाई प्रविधिमैत्री बनाउन महान्यायाधिवक्ताको पाँच वर्षीय रणनीति

काठमाडौं– महान्यायाधिवक्ता कार्यालयले अभियोजनलाई प्रविधिमैत्री बनाउने परिलक्ष्यका साथ चौथो पञ्चवर्षीय

नारायणी अस्पताल घटनाका घाइते चिकित्सक ट्रमा सेन्टरमा, मन्त्री मेहताद्वारा स्वास्थ्य अवस्थाको जानकारी

काठमाडौं– नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणमा गम्भीर घाइते भएका मेडिकल

देवानगञ्ज घटना : कोशीका डीआईजी, सुनसरीका सीडीओ र एसपीलाई फिर्ता बोलाइयो

काठमाडौं- गयराति सुनसरीमा भएको हिंसात्मक घटनापछि त्यहाँका प्रमुख जिल्ला अधिकारी

फार्मेसी दर्ता तथा नवीकरणमा स्थानीय तहको सिफारिस अनिवार्य

काठमाडौंं– औषधि व्यवस्था विभागले नयाँ फार्मेसी दर्ता तथा सञ्चालनमा रहेका