चर्चामै सीमित ‘मुन्ना भाइ चले अमेरिका’  « Khabarhub

चर्चामै सीमित ‘मुन्ना भाइ चले अमेरिका’ 


२३ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सञ्जय दत्तको जीवनीमा बनेको फिल्म ‘सन्जु’ ले बक्स अफिसमा निकै कमाल गर्‍यो । राजकुमार हिरानी निर्देशित फिल्मले बक्स अफिसमा कमाल मात्र देखाएन, उनीप्रति दर्शकको मनमा श्रद्धा समेत बढायो । फिल्म हेर्नेले सञ्जयको जीवनलाई बुझे । त्यसपछि उनको फिल्म भटाभट बलिउडमा आयो । तर, कुनै फिल्मले दर्शकको साथ पाउन सकेन किनकि फिल्मको कन्टेन राम्रो थिएनन् ।

पछिल्लो समय सञ्जय आफैँले निर्माण गरेको फिल्म ‘प्रस्थानम’ ले समेत दर्शको माया नपाएपछि उनी ‘मुन्ना भाइ चले अमेरिका’ बनोस् भन्ने चाहेका छन् । उनको करियरलाई माथि पुर्‍याउने फिल्म ‘मुन्ना भाइ’ सिरिजको तेस्रो भाग आउने आसमा दर्शक छन् । त्यस्तै आशावादी संजय पनि छन् । यद्यपि त्यसको केही सुरसार छैन ।

संजयले आफ्नो नजिकका निर्देशक हिरानीलाई फिल्मलाई सक्दो चाँडो फ्लोरमा लैजाने गरी काम गर्न आग्रह समेत गरेका छन् । हिरानीको डेब्यु फिल्म मुन्ना भाइ एमबीबीएस थियो र त्यसपछिको दोस्रो लगे रहो मुन्ना भाइ । यी दुई फिल्मले सञ्जय दत्तको छवि मात्र बदलिएन, बलिउडमा धरमराएको करियरलाई अगाडि बढायो ।

करियरमा पहिलो फिल्ममा काम गरिदिएकाले नै निर्देशक हिरानीले  सञ्जयलाई लिएर फिल्म गर्ने तयारी गरेका छन् । दर्शकसमेत तेस्रो सिरिजको प्रतीक्षामा छन् । पहिलो र दोस्रो सिरिजले तानिएका दर्शक अब तेस्रो सिरिजको पर्खाइमा छन् । र , फिल्मको तयारी पनि सुरु नभएको होइन । तर तेस्रो सिरिजको चर्चा चल्दै गर्दा सञ्जय जेल परे । त्यसपछि फिल्मको काम रोकियो तर दर्शकलाई यति बेला पनि फिल्मको प्रतीक्षा छ ।

‘फिल्मलाई दर्शकले पनि चाहेका छन् , म पनि अभिनय गर्न तयार छु , निर्माता पनि तयार छन् , हिरानी पनि स्क्रिप्टमा काम गरिरहेका छन् अब भन्नुस् फिल्म नबनेर भयो त ?,’ सञ्जयले एक अन्तर्वार्तामा प्रतिप्रश्न गरेका थिए । उनको यो भनाइ पश्चात् दर्शक तेस्रो सिरिज आउनेमा आशावादी थिए।  दर्शककै प्रतीक्षालाई ध्यानमा राखेर निर्देशक हिरानीले लेखक अभिजात जोशीसँग काम अगाडि बढाइरहेको खबर बेलाबखतमा आउने गरेको थियो ।

 यद्यपि निर्देशक हिरानीले शाहरुख खानलाई लिएर ‘डंकी’ छायांकन गरिरहेका छन् । मुन्ना भाइको सिरिजको प्रतीक्षामा रहेका फ्यानहरु फिल्म बन्ने वा नबन्ने अझैँ मेसो पाएका छैनन् । किनकि यस विषयमा हिरानीले आधिकारिक रूपमा केही बताएका छैनन् ।

फिल्मका निर्माता विधु विनोद चोपडासँग निर्देशक हिरानीको सम्बन्ध पछिल्लो समय ठिकठाक नभएकोले पनि फिल्मको काम अगाडी बढ्न नसकेको चर्चा बि-टाउनमा हुने गरेको छ । तत्कालीन समयमा अमेरिकी राष्ट्रपति बाराक ओबामालाई भेट्ने कथा तयार हुने भनिएको ‘मुन्ना भाइ चले अमेरिका’ बन्छ या बन्दैन ? यसको ठोस खबर अझैँ आउन सकेको छैन ।

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार  ७ : १३ बजे

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौं – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका

इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर बिहीबार नेपाल आउँदै

काठमाडौँ– संयुक्त राज्य अमेरिकाको इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर एड्मिरल सामुयल पापारो

कर्णालीको स्वास्थ्य सेवा विस्तारका लागि बजेट अभाव हुँदैन : स्वास्थ्यमन्त्री गौतम

जुम्ला- नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले कर्णालीको

गरिखानेहरुको प्रदेश बनाउन शिक्षा प्रणालीमा सुधार गर्छौं : मुख्यमन्त्री बानियाँ

बागमती – बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशलाई गरिखानेहरुको

पूर्वमुख्यमन्त्री शर्मा नेकपाबाट निष्कासित

काठमाडौँ- कर्णालीका पूर्वमुख्यमन्त्री  राजकुमार शर्मा पार्टीबाट निष्काशित भएका छन् ।