तीज गीतमा सृष्टी  « Khabarhub

तीज गीतमा सृष्टी 


२३ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आउँदो तीजलाई लक्षित गर्दै भदौ १० मा प्रदर्शन तय गरिएको फिल्म ‘दि सिक्रेट अफ राधा’ को लागि एक तीज गीतको छायांकन गरिएको छ । बुधबार पशुपति मन्दिर परिसरमा फिल्मको राधा पियारी बोलको गीत खिचिएको हो ।

गीतमा फिल्मकी शीर्ष गर्ल सृष्टी श्रेष्ठ फिचर्ड छिन् । साथै, यसमा प्रियंका कार्कीलाई पनि देख्न सकिने छ । कालीप्रसाद बाँस्कोटाले संगीत गरेको तीज भाकाको गीतमा कविराज गहतराजले कोरियोग्राफी र सञ्जय लामाले छांयाकनको रहेको छ । पहिलो पटक तीज गीतमा नृत्य गर्दा रमाइलो अनुभव सँगालेको अभिनेत्री सृष्टीले बताइन् ।

एकल आमाको कथा भन्ने ‘द सिक्रेट अफ राधा’लाई अभिनेता सौगात मल्लसँग मिलेर निर्देशक सुवर्ण थापाले निर्माण गरेका हुन् । फिल्ममा सृष्टिकासँगै सौगात मल्ल, खगेन्द्र लामिछाने, मेनुका प्रधान, पशुपति राई, दिव्य देव पन्त, राजन खतिवडा, लोकेन्द्र लेखक, दयाहाङ राई, निश्चल बस्नेत, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ । रंगकर्मी सुनिल पोखरेल पनि अतिथि भूमिकामा देखिने छन् ।

फोटो : विकाश फोटोग्राफी

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार  ७ : ४० बजे

सर्लाहीमा दादुरा सङ्क्रमण फैलियो

सर्लाही – मलङ्गवा नगरपालिका-३ मा दादुरा रोगको सङ्क्रमण फैलिएको छ।

प्रतिनिधिसभा निर्वाचन ३९ दिन बाँकी

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

राष्ट्रियसभा सदस्य निर्वाचनः आज सातै प्रदेशमा मतदान हुँदै

काठमाडौं – राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ११ गते आइतबार माघ