नीति भन्छिन्,’राम्रो ब्यानरले अफर गरे फिल्म गर्न तयार छु’  « Khabarhub

नीति भन्छिन्,’राम्रो ब्यानरले अफर गरे फिल्म गर्न तयार छु’ 


२३ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मोडलिङको क्षेत्रमा नीति शाह स्थापित नाम नै हो । उनको सुन्दरताको चर्चा राम्रै छ । मोडलिङमै रमाइरहँदा उनलाई फिल्मको अफर भटाभट आयो। नेपालका नाम चलेका ब्यानर उनलाई फिल्ममा ‘कास्ट’ गर्न तम्सिए । तर, उनले फिल्म खेलिनन् । मोडलिङसँगै एक युवासँग प्रेममा रहँदा उनलाई फिल्म खेल्ने अनुमति थिएन । यसै कारण हुन सक्छ उनले फिल्ममा आउने छनक देखाइनन् । उनले विज्ञापन र इभेन्टमै आफूलाई सीमित राखिन् । यद्यपि पछिल्लो समय उनले फिल्ममा आउने तयारी सुरु गरिन् ।

फिल्मले दिलाउने नाम र दामकै कारण उनी फिल्म प्रति आकर्षित भएको धेरैले अनुमान गरेका छन् । उनी फिल्म खेल्ने सोच मात्र नभई आफैँ फिल्म निर्माणमा सहकार्य गर्न समेत तयार छिन् । केही समय अगाडि नीतिले भुवन केसीलाई आफू फिल्ममा आउन तयार रहेको सन्देश समेत पठाएकी थिइन् । भुवनले बनाउने भनिएको फिल्म ‘पारस’ को काम सुरु भएमा उनी एक्ट्रेसमा कास्ट हुने सम्भावना थियो । यद्यपि भुवन पछिल्लो समय चलचित्र विकास बोर्डको अध्यक्ष बन्ने दौडमा रहेकाले तत्कालै फिल्मको काम सुरु हुने सम्भावना छैन ।

कुनै समय निर्माता तथा निर्देशकहरुले सम्पर्क गर्दा समेत फिल्मको लागि खासै नसोच्ने नीति अहिले भने आफैँ प्रतिष्ठित ब्यानरसँग जोडिन आतुर छिन् । उनले फिल्म खेल्न रुचि देखाएको बारेमा अनमोल पनि जानकार छन् । पछिल्लो समय अनमोलले ‘जेरी २’ मा अभिनय गर्ने तय गरेपछि अभिनेत्री को रहने भन्ने चर्चा छ । निर्माण पक्षले आना शर्मालाई कास्ट गर्ने सोच अनुसार कुराकानी अगाडी बढाएको छ । यद्यपि फिल्ममा अर्की नायिका पनि रहने भएका नीति त फिल्म गर्दै छैनन् ? भन्ने चर्चा पनि चलेको छ ।

यस विषयमा नीतिले फिल्मको अफर आई नसकेको जनाएकी छिन् । ‘फिल्मको स्क्रिप्ट पढ्ने काम भइरहेको छ । राम्रो ब्यानर त टिमसँग काम गर्ने मौका पाएँ भने नाई भन्दिन । जेरीको सिक्वेलको अफर आएको छैन’ नीतिले भनिन् । कुनै समय फिल्मको लागि कुरा गर्ने समय समेत ननिकाल्ने नीति अहिले भने फिल्मकै स्क्रिप्ट पढेर, फिल्मकर्मीसँग सल्लाह गरेर समय बिताउने गरेकी छिन् ।

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार  ७ : ५८ बजे

शिक्षा क्षेत्रमा संरचनागत सुधार अपरिहार्य : शिक्षामन्त्री पोखरेल

जनकपुरधाम– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले समयको आवश्यकता अनुसार शिक्षा

बौद्धमा आत्मदाह प्रयास गरेकी महिलाको उपचारका क्रममा मृत्यु 

काठमाडौं– बौद्धमा आत्मदाह प्रयास गरेकी महिलाको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा

सुर्खेतमा दुई दिन कुरेर सिलिन्डर भर्छन् उपभोक्ता

कर्णाली– सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन आउनेहरूको

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन– ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी– बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा आउन