'एकछिनको रिस व्यवस्थापन गरिएन भने जिन्दगीभर समस्या हुनसक्छ' | Khabarhub Khabarhub

‘एकछिनको रिस व्यवस्थापन गरिएन भने जिन्दगीभर समस्या हुनसक्छ’



रिस मानिसको स्वाभाविक प्रक्रिया हो, तर यसलाई व्यवस्थापन गर्न नसक्दा ठूलो झमेलामा फस्ने डर हुन्छ । हामीले आफ्नो रिस नियन्त्रण गर्नु आवश्यक हुन्छ । रिसको झोँकमा गरिने हरेक कामले हामीलाई झनै धेरै समस्या निम्त्याउँछ । मानिस रिसाएको बेलामा आफूलाई नियन्त्रण गर्न निकै कठिन हुन्छ ।

रिसको झोकमा धेरै कुटपिट, हिंसा र हत्यासम्मका घटना हुने गरेका छन् । कहिलेकाहीँ त कसरी धेरै यति ठूलो घटना भयो भन्नेसम्म पनि रिसाएको मानिसलाई थाहा पाउँदैन । रिसकै कारण पारिवारिक कलह, झगडा, बेमेल, पारपाचुके जस्ता समस्या निम्त्याउने समस्या हुन्छ ।

असाध्यै रिसाएको बेलामा मानिसले आफूलाई नियन्त्रण गर्न गाह्रो हुन्छ । यही कारण रिसको आवेगमा नराम्रा घटना भएको पनि सुनिन्छ । परिवारमा हुने झगडाको नकारात्मक असर प्रत्यक्ष रूपमा बच्चामा पर्न सक्छ ।

चित्त नबुझेको कुरामा सामान्य रिस उठ्नु, तनाव हुनु मानवीय गुण पनि हो । तर, यस्तो रिसलाई समयमा नै व्यवस्थापन गर्न सकिएन भने जिन्दगीभर पश्चात्ताप गर्नुपर्ने पनि हुन सक्छ । रिसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ ? भन्नेबारे वरिष्ठ मनोचिकित्सक डाक्टर सरोज ओझासँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश:

बढ्दो क्रममा रहेको रिसलाई कसरी बुझ्ने ?

मनोवैज्ञानिक हिसाबले रिस भनेको सामान्य हो । ब्लड प्रेसर हाइ भयो भने त्यसको उपचार गर्नुपर्छ । त्यसै गरी मानिसहरूमा सामान्य रिस भयो भने केही गर्नु पर्दैन तर प्रेसरजस्तै उच्च भयो भने उपचार गर्नु आवश्यक पर्दछ । व्यक्ति अनुसार यसको असर फरक हुन्छ । बढी रिस उठ्यो र त्यो रिसले गर्दा शरीरमा शारीरिक र मानसिक लक्षणहरू पनि देखा पर्दछ त्यो अवस्थामा रिसलाई म्यानेज गर्नु आवश्यक  ।

कसरी थाहा पाउने त यो रिस बढ्दैछ या यसले असर गर्दै छ भनेर ?

सामान्य रूपमा रिस उठ्नु भनेको स्वाभाविक हो । आफ्नो कन्ट्रोलमा छ भने खासै असर गर्दैन तर रिसले आफूलाई कन्ट्रोल ग¥यो भने हाम्रो शरीरमा भावनात्मक लक्षणहरू मान्छे तनावमा हुने, निद्रा नलाग्ने, मुटुको चालहरू बढेर आउने, शरीरमा एक किसिमको नकारात्मक हर्मन उत्पादन भएको हुन्छ ।

त्यसलाई म्यानेज गरेन भने भोलि गएर नराम्रो असर गर्न सक्छ ।

आफूलाई रिस उठेको त थाहा हुन्छ तर अरूलाई रिस उठेको कुरा कसरी थाहा पाउने  ?

रिसमा बाहिर देखिने भनेको उसको बानी हो उसको कस्तो क्रियाकलाप छ, त्यसको आधारमा पनि थाहा हुन्छ । एउटा व्यक्ति रिसाएको छ भने अर्को व्यक्तिले सहजै स्वीकार्‍यो भने त केही केही हुँदैन । सहजै त्यो समाधान हुन्छ । आफैले रिस उठेर शरीरभित्र नेगेटिभ हर्मन उत्पन्न भयो भने त्यसको बेफाइदा आफैलाई हुन्छ ।

रिसले निम्त्याउने शारीरिक समस्या के छ ?

कोही मान्छे सानो सानो कुरामा रिसाउने, आफूले चाहेको कुरा भन्न नसक्ने र त्यो पाएन भने रिसाउने हुन्छ । त्यसैले आफूलाई कुन कुरामा रिस उठ्छ त्यो कुरा नै नगर्ने, त्यो सोचाई नै मनमा नल्याउने गर्नुपर्छ ।

रिसले भइरहेको सम्बन्ध नै तहसनहस बनाइदिन्छ । श्रीमान श्रीमतीको हकमा भने दुवै पक्ष आगो होइन । एउटा आगो भए अर्को पानी बन्न सक्नुपर्छ । रिसले टाउको दुखेर अस्पताल पुर्‍याउन पनि सक्छ ।

धेरै रिसाउने मानिसको तौल बढ्छ भनिन्छ, यसमा कत्तिको सत्यता छ  ?

यो मानिसहरूको मनोविज्ञानमा भर पर्दछ । खानेकुरा र व्यायाम पनि भर पर्दछ । कोही मान्छे रिसाएर सुत्ने एकै ठाउँमा बस्ने हुन्छ, रिसाएरै खानामा मात्र ध्यान दिने खालको पनि हुन्छ । त्यसले गर्दा शारीरिक व्यायामहरु हुँदैन र जसले गर्दा तौल बढ्ने नभए पनि नकारात्मक असर भने पारेको हुन्छ ।

अरूले थाहा पाउने गरी रिस उठ्यो भने के हुन्छ  ?

अरूले उसको लागि नराम्रो सोच्न सक्छ । उसको काममा  र पढाइमा पनि असर गर्न सक्छ । यसको नकारात्मक असर छ । रिसलाई मानसिक स्वास्थ्यसँग यसलाई भन्न मिल्दैन तर लामो समय सम्म रिसलाई  आफ्नो शरीरले धारण गरेर राख्यो भने यसको प्रभाव आफैलाई नकारात्मक हुन्छ ।

ब्लड प्रेसरहरू बढ्न सक्छ, एन्जाइटी, डिप्रेसन, निन्द्रा नलाग्ने हुन्छ कतिपय मान्छेहरू रिसलाई कन्ट्रोल गर्नको लागि अल्कोहल सेवन गर्ने पनि हुन्छ यसले परिवार र समाजमा नकरात्मक प्रभाव पर्दछ भने हानी आफैलाई हुन्छ ।

पछिल्लो समय सानो कुराको रिसले पनि पछि ठूलो समस्या निम्त्याएको देखिन्छ, यो अवस्था नआओस् भनेर रिसलाई कसरी व्यवस्थापन गर्ने ?

रिसको आवेगले आफूले आफूलाई र अरूलाई पनि  असर गर्न सक्छ । धेरै रिस उठेको छ भने विस्तारै आफ्नो पेटलाई फुलाएर भित्रबाट तानेर बाहिर निकाल्ने र आफ्नो दिमागलाई त्यो श्वासप्रश्वास तर्फ तान्ने कोसिस गर्नु पर्दछ । योगाहरू गर्ने, व्यायामहरु गर्ने । रिस उठ्यो भने आफूलाई जे मन लाग्यो त्यही गर्नु हुँदैन। समय बित्दाबित्दै यो बिस्तारै कन्ट्रोल हुन्छ । आफूलाई नियन्त्रण गर्न सक्नुपर्छ ।

अन्त्यमा,

रिसको कारणले कति मान्छेलाई निन्द्रा नलाग्ने, कतिपय मान्छेलाई अल्कोहलको सेवन गर्नुपर्ने, कसैको श्रीमानको रिसको कारणले श्रीमतीलाई डिप्रेसन भएको देखिन्छ ।

आमा बाबुको झगडाले बच्चामा पनि मनोवैज्ञानिक असर परेको देखिन्छ । त्यसको लागि जसरी ब्लड प्रेसरलाई ठिक ठाउँमा राख्नलाई खानपानमा ध्यान दिने, जाँच गर्ने गर्छौँ, त्यसरी नै यो रिसलाई पनि कसरी व्यवस्थापन गर्ने भन्नेबारे बुझ्न जरुरी छ ।

मनोचिकित्सकहरूसँग पनि सल्लाह लिन सकिन्छ । औषधि नै चलाउनुपर्छ भन्ने छैन । यो रिसले गर्दा भोलि ब्लड प्रेसर, सुगर पनि हाई हुन्छ र एन्जाइटी, डिप्रेसन पनि हुन सक्छ । त्यसैले  रिसलाई हामीले म्यानेज गर्नु पर्दछ रिसले हामीलाई कन्ट्रोल गर्नु हुँदैन ।

(प्रस्तुति: पुष्पाञ्जली बस्नेत)

 

 

 

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ६ : ५९ बजे

नेपाल–स्टोनिया चेम्बर अफ कमर्स स्थापना हुने 

काठमाडौं– व्यापार र वाणिज्य प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपाल–स्टोनिया चेम्बर अफ

नेपाल–स्टोनिया चेम्बर अफ कमर्स स्थापना हुने 

काठमाडौं– व्यापार र वाणिज्य प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपाल–स्टोनिया चेम्बर अफ

भीमदत्त नगरपालिकाका कांग्रेस सभापति कलौनी मृत फेला

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिकाका कांग्रेस सभापति अच्युत कलौनी मृत भेटिएका

तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर

बागलुङ– अग्ला पहाड र थुप्रै जङ्घार पार गरेपछि पुग्न सकिन्छ

विवाहको उमेर हद २० वर्ष नै कायम गर्न आग्रह

सर्लाही– गैरसरकारी संस्था (गैसस) महासङ्घ नेपाल सर्लाहीसहित विभिन्न सामाजिक सङ्घ