लमजुङमा १ वर्षमा ६८८ उद्योग थपिए « Khabarhub

लमजुङमा १ वर्षमा ६८८ उद्योग थपिए


२२ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- लमजुङमा एक वर्षमा ६८८ नयाँ उद्योग थपिएका छन् ।  घरेलु तथा साना उद्योग कार्यालय लमजुङका अनुसार २०७८ साउनदेखि २०७९ असारसम्मको अवधिमा जिल्लामा विभिन्न प्रकृतिका ६८८ नयाँ उद्योग थपिएका हुन् ।

कार्यालयमा दर्ता भएका उद्योगमध्ये सबैभन्दा धेरै ४६१ उद्योग कृषि तथा वन पैदावार सम्बन्धी छन् । कृषि तथा वन पैदावार उद्योग दर्ता मात्र १३ लाख तीन हजार ९०० सय रुपैयाँ राजस्व संकलन भएको छ ।

सोबाहेक १४८ सेवामूलक, ४० वटा उत्पादनमूलक र ३५ वटा पर्यटन उद्योग दर्ता भएका छन् । सेवामूलक उद्योग दर्ताबाट एक लाख ७१ हजार ५००, उत्पादनमूलक उद्योग दर्ताबाट ५४ हजार ५०० र पर्यटन उद्योग दर्ताबाट ३३ हजार रुपैयाँ राजस्व संकलन भएको घरेलु कार्यालयका प्रमुख मिताकुमारी थापाले बताइन् ।

यस्तै चार वटा निर्माणमा उद्योग दर्ता भएका छन् । सोबाट १० हजार ६०० राजस्व संकलन भएको छ । विभिन्न प्रकृतिका उद्योगमध्ये यसवर्ष ऊर्जामूलक, खनिज जन्य र विज्ञान तथा सुचना प्रविधिसम्बन्धी कनै पनि उद्योग दर्ता भएका छैनन् ।

गत आर्थिक वर्ष उद्योग दर्ताबाट मात्र १५ लाख ७३ हजार ५०० रुपैयाँ राजश्व संकलन भएको घरेलु कार्यालयले जनाएको छ ।

घरेलु कार्यालयमा दर्ता संख्याअनुसार जिल्लामा गत वर्ष ४३२ जना महिला र २८२ पुरुष गरी कुल ७१४ जना नयाँ उद्यमी थपिएका छन् । उक्त उद्योगहरूमा एक हजार ८४ महिला र एक हजार २९७ पुरुष गरी दुई हजार ३८१  जनाले रोजगार पाएको तथा रोजगारीमा आबद्ध भएको घरेलु कार्यालयको तथ्याङ्कले देखाएको छ ।

विगत चार आर्थिक वर्षको उद्योग दर्ता तथ्यांकअनुसार सबैभन्दा धेरै अघिल्लो आर्थिक वर्ष ०७७/०७८ मा जिल्लामा ९७० उद्योग थपिएका थिए । आर्थिक वर्ष ०७४/०७५ मा २७६, ०७५/०७६ मा ४६८ र ०७६/०७७ मा ६६९ उद्योग दर्ता भएको घरेलु कार्यालयको तथ्याङ्क छ ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ५ : ४७ बजे

टोटी खोलामा पक्की पुल निर्माण थालियो

कञ्चनपुर–  शुक्लाफाँटा नगरपालिका–१० झलारी भएर बग्ने टोटी खोलामा रु तीन

चौध करोडमा अस्पताल भवन निर्माण

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा १४ करोड १० लाखको लागतमा

अक्षरभित्र ब्रह्माण्डको ऐना

मनप्रसाद सुब्बा भारतीय-नेपाली साहित्यका एक प्रख्यात कवि, लेखक, र सामाजिक

बाक्लो हुस्सु र कुहिरोले पश्चिम तराईको जनजीवन प्रभावित

खजुरा– बाक्लो हुस्सु र कुहिरोले बाँकेलगायत पश्चिम तराईको जनजीवन प्रभावित

हुल्म-मान्म सडक धमाधम कालोपत्र गरिँदै

मान्म– कर्णाली राजमार्गअन्तर्गत हुल्म–मान्म सडक धमाधम कालोपत्र भइरहेको छ ।