अधिकृतसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, २१ लाख ४७ हजार बिगो दाबी « Khabarhub

अधिकृतसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, २१ लाख ४७ हजार बिगो दाबी


२२ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको अदानचुली गाउँपालिकाका निमित्त कार्यकारी अधिकृत टकदत्त प्याकुरेलसहित चार जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

हुम्लाको अदानचुली–१ स्थित थलाल्नादेखि कल्खेसम्म र वडा नं. ४ स्थित लौठीदेखि रिल्म हुँदै बिगोठीसम्मको सडक निर्माणमा उनीहरुले २१ लाख ४७ हजार ४९२ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आज उनीहरू विरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।

अख्तियारले आज मुद्दा दायर गरेका अन्यमा अदानचुली गाउँपालिकाका इन्जिनियर मकरध्वज शाही, असिस्टेण्ट सव–इन्जिनियर विनोद थापा र ठेकेदार गणेश भण्डारी रहेका छन् ।

दायर गरिएको मुद्दामा उनीहरू सबैसँग २१ लाख ४७ हजार ४९२ रुपैयाँ बिगो दाबी गरिएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ५ : ५५ बजे

टोटी खोलामा पक्की पुल निर्माण थालियो

कञ्चनपुर–  शुक्लाफाँटा नगरपालिका–१० झलारी भएर बग्ने टोटी खोलामा रु तीन

चौध करोडमा अस्पताल भवन निर्माण

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा १४ करोड १० लाखको लागतमा

अक्षरभित्र ब्रह्माण्डको ऐना

मनप्रसाद सुब्बा भारतीय-नेपाली साहित्यका एक प्रख्यात कवि, लेखक, र सामाजिक

बाक्लो हुस्सु र कुहिरोले पश्चिम तराईको जनजीवन प्रभावित

खजुरा– बाक्लो हुस्सु र कुहिरोले बाँकेलगायत पश्चिम तराईको जनजीवन प्रभावित

हुल्म-मान्म सडक धमाधम कालोपत्र गरिँदै

मान्म– कर्णाली राजमार्गअन्तर्गत हुल्म–मान्म सडक धमाधम कालोपत्र भइरहेको छ ।