कर्णाली प्रदेशमा १० लाख बढीले लगाए कोरोना खोप « Khabarhub

कर्णाली प्रदेशमा १० लाख बढीले लगाए कोरोना खोप


२२ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशमा हालसम्म १० लाख बढीले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतले आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्म १० लाख ७७ हजार पाँच सय २८ ले खोपको पहिलो मात्रा तथा १० लाख ४६ हजार सात सय ४९ जनाले दोस्रो मात्रा लगाएको जनाएको छ ।

तेस्रो मात्रा अर्थात् बुस्टर डोज लगाउनेको सङ्ख्या भने कम छ । स्वास्थ्य निर्देशक डा रविन खड्काले पछिल्लो समय नागरिकले कोरोना खोपप्रति चासो नदिँदा बुस्टर डोज लक्ष्यअनुसार दिन नसकिएको बताए ।

‘खोप पालिकास्तरमै पठाइएको छ, तर नागरिक लगाउन नआउँदा १० हजार डोज खेर गयो’, उनले भने, ‘कोरोना बढेपछि आत्तिने र कम हुँदा लापरबाही गर्ने प्रवृत्तिका कारण मानिस खोप लगाउन बेवास्ता गरिरहेका छन् । यसले गर्दा बुस्टर डोज सबैलाई लगाउन सकिएन ।’

बुस्टर डोज लगाउनेको सङ्ख्या चार लाख १३ हजार ४६६ रहेको छ । निर्देशनालयका अनुसार कूल जनसङ्ख्याको ६८.७ प्रतिशत नागरिकलाई खोपको पहिलो मात्रा दिने लक्ष्य लिएकामा लक्षित जनसङ्ख्याको ५९ प्रतिशतले पहिलो मात्रा डोज लगाएका छन् । ६६.८ प्रतिशतलाई दोस्रो मात्रा दिने लक्ष्य लिएकामा ५७ प्रतिशतले खोप लगाए । खोपको पहिलो र दोस्रो मात्रा दुवै लगाउने १२ देखि १७ वर्ष उमेर समूहका छन् ।

कर्णालीमा हालसम्म एक लाख ९७ हजार ३३८ जनामा कोरोना परीक्षण गरिएको छ । सङ्क्रमण पुष्टि भएका ३९ हजार नौ जनामध्ये तीन सय ९१ जनाको कारण मृत्यु भएको थियो । निर्देशनालयको पछिल्लो तथ्याङ्कअनुसार प्रदेशभर सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय ४३ रहेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ९ : ११ बजे

ठगीबाट सचेत रहन बेलायतस्थित नेपाली दूतावासको आग्रह

बेलायत– बेलायतमा ‘वर्क परमिट’ दिलाइदिने बहानामा ठगीका घटना बढेको भन्दै

बाजुरा एमालेमा जुटेन सहमति : नरेश रोकायासहित ११ जनाको नाम सिफारिस

बाजुरा – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका

खोटाङको धन्नेश्वरी गुफा सरसफाइ

खोटाङ– खोटाङको साकेला गाउँपालिका–२ रतन्छास्थित धन्नेश्वरी गुफा जनश्रमदानमार्फत सरसफाइ गरिएको

भेनेजुयलामा तत्काल चुनाव नगर्न अमेरिकी दबाब

वासिङ्टन – अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आइतबार निकोलस मदुरोलाई पदच्युत

टी-२० विश्वकप : बंगलादेशको टोली घोषणा

काठमाडौं – आईसीसी टी-२० विश्वकपका लागि बंगलादेशले टिम घोषणा गरेको