फाइल फोटो

समाचार

काठमाडौँ उपत्यकामा एकै दिन ४ हजार सवारी चालक कारबाहीमा 

By खबरहब

September 07, 2022

काठमाडौँ – ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकै दिन ४ हजार ११ जना सवारी चालकलाई कारबाही गरेको छ ।

ट्राफिक नियम उल्लंघन गरेका कारण उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १३८, लेन अनुशासन पालना नगर्ने ३३१, रेड लाइटमा सवारी साधन चलाउने ७६, निषेधित क्षेत्रमा हर्न बजाउने २१६ र नम्बर प्लेट राम्रोसँग नराख्ने ४२ जना सवारी चालक रहेका छन् ।

यस्तै ट्राफिक नियम उल्लंघन गर्ने ३ हजार २०८ जना सवारी चालकलाई अन्य कारबाही गरिएको कार्यालयले जनाएको छ ।