साउदीमा सडक दुर्घटनामा हात गुमाएका नेपाली युवा अलपत्र | Khabarhub Khabarhub

साउदीमा सडक दुर्घटनामा हात गुमाएका नेपाली युवा अलपत्र


२२ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

दोहा – सडक दुर्घटनामा हात गुमाएका नेपाली युवा साउदी अरबमा अलपत्र परेका छन् । करिब पाँच महिना अघि रोजगारीका लागि साउदी पुगेका दाङका हेमराज खत्रीले सडक दुर्घटनामा एक हात गुमाएका हुन् ।

करिब पाँच महिना अघि साउदी पुगेका उनी त्यहाँको रियादस्थित सम्प्रायर्स कम्पनीमा कार्यरत थिए । उनी ड्युटी गर्न जाने क्रममा सडक दुर्घटनामा परेका थिए ।

दुर्घटना भएलगत्तै उनलाई हस्पिटलमा लगिएको भए पनि एक हात गुमाए। सवारी दुर्घटनामा परेर एउटा हात काटिएको अवस्थामा उनको कम्पनीले नेपाल पठाउन लागेको अवस्थामा उनी विभिन्न व्यक्तिमार्फत नेपाली दूतावासको सम्पर्कमा पुगेका थिए ।

दूतावाससँगको प्रत्यक्ष भेट गरी ईन्सुरेन्सको लागि कम्पनीलाई पहल गर्न लगाएको करिब एक महिना भइसक्दा पनि कम्पनीले वास्ता नगरेको पीडित खत्रीले दुखेसो पोखे । ‘अहिले कम्पनीले जे गर्न सक्छन् गर’ भन्ने गरेको छ।’ उनले सुनाए।

अहिले उनी स्वदेश फिर्ता हुने आशामा उद्धारको पर्खाइमा बसिरहेका छन् ।

नेपाली साझा मञ्चको सहयोग

नेपाली साझा मञ्च साउदीका अध्यक्ष अकल प्रधान, जेद्वा संयोजक टिकाराम पाण्डे ,अलखुम्र संयोजक तेजबहादुर सिन्धुली, केन्द्रिय सदस्य पुन्यप्रसाद घिमिरेलगायतको पहलमा ६९ हजार १९९ रुपैयाँ पीडित खत्रीको खातामा जम्मा गरिएको जनाएको छ ।

पीडितको अवस्थालाई मध्यनजर गर्दै साउदी अरबमा कार्यरत नेपालीहरूले उनको लागि सहयोगका लागि आर्थिक अभियान संकलन गरिरहेका छन् ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  १० : ०१ बजे

सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता आयोगमा पदाधिकारी नियुक्त

काठमाडौं – सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य

गण्डकीमा आवधिक योजनाका आधारमा बजेट ल्याइने

गण्डकी – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को

गौतमबुद्ध विमानस्थलको जग्गा मन्त्रिपरिषद्ले निर्णय गरेर अधिग्रहण भएको हो : क्यान

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको जग्गाको

गभर्नर सिफारिस समितिमा पोषराज पाण्डे नियुक्त

काठमाडौं – नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिको सदस्यमा पोषराज

सङ्खुवासभामा चट्याङ लागेर एकको मृत्यु, तीन जना घाइते

सङ्खुवासभा – सङ्खुवासभाको चैनपुर नगरपालिका–८ मानेडाँडामा चट्याङ लागेर एक जनाको