साउदीमा सडक दुर्घटनामा हात गुमाएका नेपाली युवा अलपत्र « Khabarhub

साउदीमा सडक दुर्घटनामा हात गुमाएका नेपाली युवा अलपत्र


२२ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

दोहा – सडक दुर्घटनामा हात गुमाएका नेपाली युवा साउदी अरबमा अलपत्र परेका छन् । करिब पाँच महिना अघि रोजगारीका लागि साउदी पुगेका दाङका हेमराज खत्रीले सडक दुर्घटनामा एक हात गुमाएका हुन् ।

करिब पाँच महिना अघि साउदी पुगेका उनी त्यहाँको रियादस्थित सम्प्रायर्स कम्पनीमा कार्यरत थिए । उनी ड्युटी गर्न जाने क्रममा सडक दुर्घटनामा परेका थिए ।

दुर्घटना भएलगत्तै उनलाई हस्पिटलमा लगिएको भए पनि एक हात गुमाए। सवारी दुर्घटनामा परेर एउटा हात काटिएको अवस्थामा उनको कम्पनीले नेपाल पठाउन लागेको अवस्थामा उनी विभिन्न व्यक्तिमार्फत नेपाली दूतावासको सम्पर्कमा पुगेका थिए ।

दूतावाससँगको प्रत्यक्ष भेट गरी ईन्सुरेन्सको लागि कम्पनीलाई पहल गर्न लगाएको करिब एक महिना भइसक्दा पनि कम्पनीले वास्ता नगरेको पीडित खत्रीले दुखेसो पोखे । ‘अहिले कम्पनीले जे गर्न सक्छन् गर’ भन्ने गरेको छ।’ उनले सुनाए।

अहिले उनी स्वदेश फिर्ता हुने आशामा उद्धारको पर्खाइमा बसिरहेका छन् ।

नेपाली साझा मञ्चको सहयोग

नेपाली साझा मञ्च साउदीका अध्यक्ष अकल प्रधान, जेद्वा संयोजक टिकाराम पाण्डे ,अलखुम्र संयोजक तेजबहादुर सिन्धुली, केन्द्रिय सदस्य पुन्यप्रसाद घिमिरेलगायतको पहलमा ६९ हजार १९९ रुपैयाँ पीडित खत्रीको खातामा जम्मा गरिएको जनाएको छ ।

पीडितको अवस्थालाई मध्यनजर गर्दै साउदी अरबमा कार्यरत नेपालीहरूले उनको लागि सहयोगका लागि आर्थिक अभियान संकलन गरिरहेका छन् ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  १० : ०१ बजे

कृषिमन्त्रीको सम्पत्ति : माइतीले दिएका दुई बाख्रा र १० वटा कुखुरा, अरु कति ?

काठमाडौँ – प्रधानमन्त्रीसहित मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौँ – आज २०८२ साल चैत ३० गते सोमबार वैशाख

आज २०८२ साल चैत ३० गते सोमबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत ३० गते सोमबार वैशाख

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा