संकटमा परेको मनाङको गंगापूर्ण हिमताल जोगाइँदै « Khabarhub

संकटमा परेको मनाङको गंगापूर्ण हिमताल जोगाइँदै


२२ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- गंगापूर्ण ताल जोगाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले र मनाङ ङिस्याङ गाउँपालिकाले संरचना निर्माण कार्य अघि बढाएका छन् । चार करोड आठ लाख रुपैयाँ बजेट विनियोजन भएकोमा जलजला-शिवशक्ति-अधिकारी जेभीले टेन्डरमार्फत भ्याटसहित दुई करोड ९५ लाख रुपैयाँमा संरक्षण कार्य अघि बढाएको छ । यसमा मन्त्रालयको ७० र गाउँपालिकाको ३० प्रतिशत बजेट हुनेछ ।

मनाङ ङिस्याङ गाउँपालिकाका सबइन्जिनियर योगेश काफ्लेका अनुसार ताल जोगाउन कुनापट्टिको ४० मिटरको दुई लेयरको चेकड्याम बनाइएको छ । बगरमा परिणत भएको तालबाट हिलो झिक्ने काम भइरहेको छ । तालको छेउमा साढे ३ मिटर उचाइ र एक सय ९३ मिटरको माटोको बाँध बनाइने छ । त्यसको बाहिर ढलान गरिनेछ । देखिने भागमा राम्रो देखिने ढुंगा छाप्ने कार्य गरिनेछ । त्यसमाथि रेलिङसहितको फुटपाथ बनाइने उनले बताए ।

निर्माण कम्पनीले २०७८ असोज पहिलो साता सम्झौता गरेर काम अघि बढाएको छ । १५ महिनामा काम सक्ने भने पनि यसको भौतिक प्रगति भने २० प्रतिशत मात्रै भएको सबइन्जिनियर काफ्लेले बताए । उनका अनुसार मंसिर मसान्तसम्म सम्झौताको म्याद छ ।

करिब २१ दशमलव ०८ हेक्टर क्षेत्रफलमा फैलिएको अनुमान गरिएको उक्त ताल हिमपात नहुँदा नीलो, वर्षा याममा सेतो र हिउँदमा जमेको देखिन्छ । दुई वर्ष मनाङको स्थानीय विकास अधिकारी भएर बसेका कृष्णप्रसाद धितालका अनुसार सन् १९६० आसपास गंगापूर्ण ताल बनेको अध्ययन अनुसन्धानबाट देखिएको हो ।

उनका अनुसार टोनी हेगनले सन् १९५२-५४ तिर भ्रमण गर्दा उक्त स्थनमा ताल थिएन भनिन्छ । ताल बनेको साढे ६ दशक पनि नपुग्दै यो ताल अहिले संकटमा परेको छ । चक्रीय अन्नपूर्ण पदमार्गको एउटा गन्तव्य माथिल्लो मनाङमा पर्ने उक्त गंगापूर्ण हिमताल समुद्री सतहदेखि ३५४० मिटर उचाइमा अवस्थित मनाङ ङिस्याङ गाउँपालिका–६ मा पर्छ । यो हिमपात गंगापूर्ण हिमाल, अन्नपूर्ण चौथो, खाङसार हिमक्षेत्रबाट बगेको हिमनदीले बनेको हो ।

यही हिमतालमा डेढ वर्षअघि अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, परिणीति चोपडालगायत अभिनीत बलिउड फिल्म ‘उचाइ’ को समेत छायांकन गरिएको थियो । तर अहिले तालको सुन्दरता पहिले जस्तो छैन ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  ११ : २३ बजे

‘अर्काको सुन लगायो, आफ्नो कानलाई दुख’

काठमाडौं – अमेरिकामा धेरै कलाकार गए– आए । कलाकार बनेर

‘व्यावसायिक वातावरण निर्माणमा सरकार प्रतिबद्ध छ’

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले मुलुकमा

नेपालगञ्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगञ्ज– नेपालगञ्ज उपमहानगरपालिकाले संशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक नीति साझेदारी

बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास

काठमाडौं– गोरखा र लमजुङका पाँच स्थानीय तहलाई समेटेर बुद्ध हिमाल

मौन पीडामा रहेकी कालिमायाको याचना …

दमौली– यहाँस्थित व्यास नगरपालिका–८ बर्लाचीको एक घरको आँगनमा डोरीमा बाँधिएर जीवन