संकटमा परेको मनाङको गंगापूर्ण हिमताल जोगाइँदै « Khabarhub

संकटमा परेको मनाङको गंगापूर्ण हिमताल जोगाइँदै


२२ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- गंगापूर्ण ताल जोगाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले र मनाङ ङिस्याङ गाउँपालिकाले संरचना निर्माण कार्य अघि बढाएका छन् । चार करोड आठ लाख रुपैयाँ बजेट विनियोजन भएकोमा जलजला-शिवशक्ति-अधिकारी जेभीले टेन्डरमार्फत भ्याटसहित दुई करोड ९५ लाख रुपैयाँमा संरक्षण कार्य अघि बढाएको छ । यसमा मन्त्रालयको ७० र गाउँपालिकाको ३० प्रतिशत बजेट हुनेछ ।

मनाङ ङिस्याङ गाउँपालिकाका सबइन्जिनियर योगेश काफ्लेका अनुसार ताल जोगाउन कुनापट्टिको ४० मिटरको दुई लेयरको चेकड्याम बनाइएको छ । बगरमा परिणत भएको तालबाट हिलो झिक्ने काम भइरहेको छ । तालको छेउमा साढे ३ मिटर उचाइ र एक सय ९३ मिटरको माटोको बाँध बनाइने छ । त्यसको बाहिर ढलान गरिनेछ । देखिने भागमा राम्रो देखिने ढुंगा छाप्ने कार्य गरिनेछ । त्यसमाथि रेलिङसहितको फुटपाथ बनाइने उनले बताए ।

निर्माण कम्पनीले २०७८ असोज पहिलो साता सम्झौता गरेर काम अघि बढाएको छ । १५ महिनामा काम सक्ने भने पनि यसको भौतिक प्रगति भने २० प्रतिशत मात्रै भएको सबइन्जिनियर काफ्लेले बताए । उनका अनुसार मंसिर मसान्तसम्म सम्झौताको म्याद छ ।

करिब २१ दशमलव ०८ हेक्टर क्षेत्रफलमा फैलिएको अनुमान गरिएको उक्त ताल हिमपात नहुँदा नीलो, वर्षा याममा सेतो र हिउँदमा जमेको देखिन्छ । दुई वर्ष मनाङको स्थानीय विकास अधिकारी भएर बसेका कृष्णप्रसाद धितालका अनुसार सन् १९६० आसपास गंगापूर्ण ताल बनेको अध्ययन अनुसन्धानबाट देखिएको हो ।

उनका अनुसार टोनी हेगनले सन् १९५२-५४ तिर भ्रमण गर्दा उक्त स्थनमा ताल थिएन भनिन्छ । ताल बनेको साढे ६ दशक पनि नपुग्दै यो ताल अहिले संकटमा परेको छ । चक्रीय अन्नपूर्ण पदमार्गको एउटा गन्तव्य माथिल्लो मनाङमा पर्ने उक्त गंगापूर्ण हिमताल समुद्री सतहदेखि ३५४० मिटर उचाइमा अवस्थित मनाङ ङिस्याङ गाउँपालिका–६ मा पर्छ । यो हिमपात गंगापूर्ण हिमाल, अन्नपूर्ण चौथो, खाङसार हिमक्षेत्रबाट बगेको हिमनदीले बनेको हो ।

यही हिमतालमा डेढ वर्षअघि अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, परिणीति चोपडालगायत अभिनीत बलिउड फिल्म ‘उचाइ’ को समेत छायांकन गरिएको थियो । तर अहिले तालको सुन्दरता पहिले जस्तो छैन ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  ११ : २३ बजे

सङ्घीय अनुदानमा कार्यरत शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढाउने सरकारको निर्णय

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा सरकारले सङ्घीय अनुदानमा कार्यरत

प्रधानमन्त्रीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने मुख्य

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ् कलमा ६० सेकेन्ड पल्स दर लागु

काठमाडौं– एनसेलले १९८ गन्तव्य मुलुकहरुका लागि आफ्नो अन्तर्राष्ट्रिय आउटगोइङ् अर्थात बहिर्गमन

अपाङ्गता अधिकारसम्बन्धी मूट कोर्ट प्रतियोगिता सुरु

काठमाडौं– अपाङ्गता अधिकार, मानव अधिकार तथा अन्तर्राष्ट्रिय कानुनबारे कानुनका विद्यार्थीलाई

कृषि बीमा अब प्रदेश सरकारले हेर्ने, १ करोडसम्मको बीमामा ८० प्रतिशत अनुदान, सो भन्दा माथि ५० मात्रै

काठमाडौं– सरकारले कृषि, पशुपन्छी तथा जडीबुटी व्यवसायमा हुन सक्ने आर्थिक