सिजनमा १२ लाखसम्म आम्दानी हुने च्याउ खेतीमा रमाउँदै बस्नेत दम्पती | Khabarhub Khabarhub

सिजनमा १२ लाखसम्म आम्दानी हुने च्याउ खेतीमा रमाउँदै बस्नेत दम्पती


२२ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम- घर नजिकै बनाएका टनेलहरू । यही टनेलमा लगाएको च्याउ खेती । च्याउ खेती सँगै रमाइरहेका छन् धनकुटाको छथर जोरपाटी गाउँपालिका-६ का चुइन्द्र बस्नेत र उनका श्रीमती टीका बस्नेत । चार वर्षदेखि च्याउ खेती गर्दै आएका छन् बस्नेत दम्पती । च्याउ खेतीबाट राम्रो आम्दानी हुन थालेपछि च्याउ खेती रोजेका हुन् । च्याउ खेती रोजेपछि आम्दानी गतिलो स्रोत बनेको छ ।

युवाहरू रोजगारको खोजीमा विभिन्न पुग्ने गरेका छन्, तर बस्नेत दम्पतीले गरेको लोभलाग्दो च्याउ खेती एक उदाहरण बनेको छ । त्यसो चुइन्द्र पनि रोजगारको खोजीमा मलेसिया र कतार पुगे । जाँदा भएको खर्चसम्म तिर्न नसकेपछि श्रीमतीले घर फर्काएकी हुन् । गाउँ फर्केपछि ३० लाख लगानीमा च्याउ खेती सुरु गरेका चुइन्द्र यतिबेला यही खेतीबाट राम्रो आम्दानी लिँदै आएका छन् । तीन वर्षअघि बिष्णु एग्रोफर्म दर्ता गरी व्यावसायिक रूपमा च्याउ खेती गर्दै आएका छन् । ६ वटा टनेलमा च्याउ खेती गर्दै आएका उनले दैनिक दुई सयदेखि तीन सय किलो च्याउ उत्पादन गर्दै आएका छन् ।

गाउँमै च्याउ खेती सुरु गरेका चुइन्द्र उनी मात्रै व्यवसायी बनेका छैनन्, यहाँका युवाहरूलाई रोजगार दिन सफल बनेका छन् । ‘पराईको भूमिमा गरेको श्रम र मिहिनेत आफ्नै गाउँमा गर्ने हो भने रोजगारका लागि भौ‌तारि रहनु पर्दैन । व्यवसायी हुँदै गाउँमै रोजगारको सिर्जना गर्ने लक्ष्यका साथ च्याउ खेती सुरु गरेको हुँ । जहान परिवारसँगै रमाउँदै घरमै सुरु गरेको व्यवसायबाट खुसी छौँ,’ चुइन्द्रले भने ।

उनकी श्रीमती टीका पनि च्याउ खेती हेरचाहमा हरेक दिन व्यस्त छिन् । फर्ममा उत्पादन भएको च्याउ हरेक दिन बिक्रीका लागि टिप्ने, बजारसम्म पुर्‍याउने, फर्मको हेरचाहमै उनको दिन बित्छ । ‘गाउँमै हामीले खेती सुरु गरेका छौँ, तर स्थानीय सरकारले हामीलाई अहिलेसम्म देखेन । पानी र विद्युतको एकदमै समस्या छ । पानी मात्रै एक सिजनमा एक लाखको ढुवानीमा तिर्ने परेको छ । पहिलोको सरकारले नहेरे पनि अहिले आएको सरकारले हेर्छ कि भन्ने आशा छ,’ टीकाले भनिन् ।

च्याउ बिक्रीबाट मात्रै एक सिजनमा १२ लाखसम्म आम्दानी लिँदै आएका छन् बस्नेत दम्पतीले । कोसी राजमार्गको छेउमा फर्म रहेकाले बजारको समस्या छैन । यहाँ उत्पादन भएको च्याउ जिल्ला सदरमुकाम,स्थानीय बजार र तेह्रथुमको बसन्तपुर शुक्रबारेलगायतका बजारमै खपत हुँदै आएको छ । च्याउ बजारमा दुई सय ५० रुपैयाँले बिक्री हुँदै आएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  ११ : ४९ बजे

नीति तथा कार्यक्रममा महत्वाकांक्षी सरकारसामू कार्यान्वयन चुनौती

काठमाडौं – सरकारले आज संघीय संसद्‌को संयुक्त सदनमा आगामी आर्थिक

प्रधानमन्त्री छोरी आत्मनिर्भर : एमालेको कार्यक्रम, प्रचण्डलाई व्यंग्य !

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसदमा सरकारको नीति तथा कार्यक्रम

तनहुँको व्यास नगरपालिका निर्वाचनको पुनःमतगणना गर्न उच्च अदालतको आदेश

काठमाडौं – स्थानीय तह निर्वाचन भएको दुई वर्षपछि उच्च अदालत

नेपाल प्रहरीका ६४ सईको बढुवा सिफारिस

काठमाडौं – नेपाल प्रहरी प्रधान कार्यालयले ६४ प्रहरी नायव निरीक्षक

पाथीभरा केबलकार निर्माण विरोधमा भोलि र पर्सी तमोर कोरिडोर बन्द घोषणा

काठमाडौं – पाथीभरा केबलकार निर्माण विरोध गर्दै भोलि र पर्सी