काठमाडौँबाट अवैध लागूऔषधसहित ३ जना पक्राउ « Khabarhub

काठमाडौँबाट अवैध लागूऔषधसहित ३ जना पक्राउ


२२ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँको विभिन्न स्थानबाट प्रहरीले अवेध लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।

दक्षिणकाली नगरपालिका–५ फर्पिङबाट नियन्त्रित लागूऔषध फेनारगन ३ सय १ एम्पुल, नुर्फिन २ सय ९७ एम्पुल र डाईजेपाम ३ सय एम्पुल सहित भारत घर भएका ३० वर्षीय कौशल पटेललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

गौरबाट काठमाडौँतर्फ आउँदै गरेको ना.१ ज ७२४५ नम्बरको टाटा सुमोलाई इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा सुमोमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट ५ केजी गाँजाको धूलोसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे मण्डन देउपुर नगरपालिका–१० बस्ने २१ वर्षीय प्रकाश तमाङ लगायत २ जना छन् । उनीहरुलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको ना.७ ख ५६१२ नम्बरको बसलाई प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरुलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  १२ : १८ बजे

ल्होसारले समृद्ध मुलुक निर्माणमा ऊर्जा प्रदान गरोस् : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई

मेची भन्सार : ६ महिनामा ७ अर्ब १९ करोडको अलैँची निर्यात

झापा– पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२–०८३ को अर्धवार्षिक अवधिमा

एमाले अध्यक्ष ओली उम्मेद्वारी दर्ताका लागि आज झापा जाँदै

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट

विराट कोहलीले बनाए कीर्तिमानी ५४ औं शतक

काठमाडौं – भारतका स्टार ब्याट्सम्यान विराट कोहलीले कीर्तिमानी ५४ शतक

उच्च गतिका रेल ठोक्किँदा स्पेनमा २१ जनाको मृत्यु

काठमाडौं – स्पेनमा रेल दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको