जलवायु परिवर्तनका समस्या समाधानमा वन मन्त्रालय लागिपरेको छ : मन्त्री यादव | Khabarhub Khabarhub

जलवायु परिवर्तनका समस्या समाधानमा वन मन्त्रालय लागिपरेको छ : मन्त्री यादव


२२ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वन तथा वातावरणमन्त्री प्रदीप यादवले जलवायु परिवर्तनको समस्यालाई समाधान गर्न मन्त्रालय लागि परेको बताएका छन्। यहाँ आयोजित क्लाइमेट एक्सन क्याम्पेन नेटवर्कको प्रथम भेलाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू मन्त्री नियुक्त भएपश्चात् जलवायु परिवर्तन र हरित गृह ग्यास उत्सर्जन न्यूनीकरण गर्न विभिन्न कार्यक्रम सञ्चालन तथा निर्णय गरेर युद्ध स्तरमा काम अगाडि बढाएको बताए।

उनले भने, “जलवायु परिवर्तनको समस्यालाई समाधान गर्न युद्ध स्तरमा काम गरिरहेको र जलवायु परिवर्तनको समस्या समाधानमा सबैको सहयोग आवश्यक छ ।” यसैगरी उनले जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न मन्त्रालयले गरिरहेका अन्य कामका बारेमा समेत जानकारी दिए । नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय प्रारूप महासन्धि, क्योटो अभिसन्धि र पेरिस सम्झौताको पक्ष राष्ट्र भएको र नेपालले जलवायु परिवर्तन व्यवस्थापनलाई मुख्य प्राथमिकतामा राखेको उनले बताए।

यसैगरी मन्त्री यादवले जलवायु परिवर्तनसम्बन्धी नीति, रणनीति, कानुन, नियम, योजना बनेका र राष्ट्रिय जलवायु परिवर्तन नीति २०७६ तर्जुमा भई कार्यान्वयनमा रहेको जानकारी दिए । उनले नेपालले सन् २०४५ मा हरित गृह ग्यासको कूल उत्सर्जन शून्य बनाउने लक्ष्य लिएको जानकारी गराउँदै त्यसका निमित्त आवश्यक काम पनि अगाडि बढेको जानकारी गराए।

मन्त्री यादवले नेपालका महत्वकाङ्क्षी प्रतिबद्धता र कार्यक्रम कार्यान्वयन गर्न नेपाललाई राष्ट्रिय र अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता औँल्याए  । सोही कार्यक्रममा उनले जलवायु परिवर्तनको समस्यालाई समाधान गर्न सबै राष्ट्र एकजुट भएर विभिन्न प्रतिबद्धता जनाए पनि प्रतिबद्धताअनुसार काम गर्न नसकेकामा दुखेसो पोखे।

“जलवायु परिवर्तनको समस्यालाई समाधान गर्न सबै राष्ट्र एकजुट छन् र जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनका विभिन्न उपाय गर्ने प्रतिबद्धतासमेत जनाएका छन्”, मन्त्री यादवले भने, “जलवायु परिवर्तनको समस्या समाधान प्रतिबद्धताअनुसार हुन सकेको छैन, यो दुःखको विषय हो ।” उनले नेपाल जस्तो पर्वतीय र अति कम विकसित राष्ट्र जलवायु परिवर्तनको प्रतिकूल प्रभावबाट उच्च जोखिममा रहेको उल्लेख गर्दै यसको समाधानका लागि पर्वतीय राष्ट्र मिलेर काम गर्नुपर्ने आवश्यकता रहेको बताए।

दुई दिनसम्म चल्ने उक्त कार्यक्रममा नेपाल, भारत, श्रीलङ्का, बङ्गलादेश र भुटानबाट सयभन्दा बढी वातावरण विद्, जलवायु परिवर्तन सम्बन्धमा काम गर्ने विभिन्न सङ्घ संस्थाका प्रतिनिधि र युवाको सहभागिता रहेको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  १२ : ५९ बजे

एकीकृत समाजवादीको महाधिवेशनको तयारी पूरा 

काठमाडौं– नेकपा एकीकृत समाजवादीले भोलिबाट हुने दशौँ महाधिवेशनको सम्पूर्ण तयारी

कृषि उत्पादकत्व बढाउन यान्त्रिकीकरणमा जोड

त्रिशूली– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कृषि उब्जनी बढाउन

चेपाङ समुदायलाई चिउरीको बिरुवा वितरण

मुग्लिन– जिल्लाको इच्छाकामना गाउँपालिकाले चेपाङ समुदायलाई चिउरीको बिरुवा वितरण गरेको

धरानको कृषि बजारमा खसी, बोकाको बिक्री बढ्दै

धरान– धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारमा दैनिक उपभोग्य वस्तुका साथै

रौतहटमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ८ घाईते

 रौतहट– रौतहटको सदरमुकाम गौर चन्दरनिगाहपुर सडकखण्ड अन्तर्गत गरुडा नगरपालिका जयनगर