इन्द्रजात्रामा सहभागी हुन विदेशी पाहुना आउने : काठमाडौँ महानगर « Khabarhub

इन्द्रजात्रामा सहभागी हुन विदेशी पाहुना आउने : काठमाडौँ महानगर


२२ भदौ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले काठमाडौँको ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा भगिनी सम्बन्ध भएका विभिन्न देशका १८ नगर प्रमुखलाई जात्रा हेर्न निम्तो गरिएको छ ।

इन्द्रजात्राका सन्दर्भमा बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै महानगरले चीन, जापान, अमेरिका, दक्षिण कोरिया, भारत लगायतका देशका भगिनी नगरहरूलाई जात्रा हेर्न निम्तो गरिएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाहले नेपालमा आएका नगरप्रमुखले आफ्नो देशमा फर्किएपछि नेपालको संस्कृतिको प्रचार हुने भएकाले विदेशी पाहुनाहरूलाई बोलाइएको जानकारी दिए। उनले देशकै महत्त्वपूर्ण जात्रालाई भव्य रूपमा मनाइने भन्दै सम्पदा र संस्कृतिको जर्गेना गर्न सक्ने सांस्कृतिक पर्यटन भित्र्याउन सहज हुने विश्वास व्यक्त गरे।

त्यस्तै महानगरकी उपप्रमुख सुनिता डंगोलले इन्द्रजात्राका लागि भगिनी सम्बन्ध भएका देश र स्वदेशमा रहेका पालिकाहरूलाई निम्तो दिइसकेको बताइन्। काठमाडौँ महानगरपालिकाले इन्द्रजात्रालाई राष्ट्रिय र अन्तर्राष्ट्रियकरण गर्नुपर्ने उनको भनाइ छ ।

बुधबार हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ भएको जात्रा रथयात्रा र देवीदेवताको पूजाआजा गरी मनाइन्छ ।

प्रकाशित मिति : २२ भदौ २०७९, बुधबार  २ : १६ बजे

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट