कर्मचारीको भावना अनुसार नै अध्यादेश आउँछ : मुख्यमन्त्री पोखरेल | Khabarhub Khabarhub

कर्मचारीको भावना अनुसार नै अध्यादेश आउँछ : मुख्यमन्त्री पोखरेल


२२ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश सरकारले ल्याउने प्रदेश निजामती सेवा र स्थानीय सेवा गठन तथा सञ्चालनसम्बन्धी अध्यादेश कर्मचारीको भावनालाई समेटेर आउने बताएका छन् ।

निजामती सेवा दिवसका अवसरमा प्रदेश मूल समारोह समितिद्वारा आज आयोजित कार्यक्रममा यी दुई अध्यादेश ल्याउन सरकारले अन्तिम तयारी गरेको उनले बताए ।

कर्मचारी समायोजन ऐन लागू भएर त्यहीअनुसार समायोजन भएका कर्मचारीको वृत्तिविकास रोकिएको र कर्मचारीको पदपूर्ति गर्न नसकिएकाले प्रदेशले अध्यादेशबाटै यी दुई कानुन ल्याउन लागेको उनले जानकारी दिए । सङ्घ सरकारले निजामती सेवा ऐन ल्याउला कि भनेर कुर्दा पाँच वर्ष बित्न लागेको र आफूहरूले तयारी गर्दागर्दै ढिला भएको भन्दै उनले अब छिट्टै अध्यादेश ल्याउने बताए ।

स्थानीय तहमा कार्यरत एवं प्रदेशमा समायोजन भएर आएका कर्मचारीको हितलाई दृष्टिगत गरी सरोकारवालासँग छलफल गरेर अध्यादेशको मस्यौदा तयार भइरहेको उनको भनाइ छ । शासन व्यवस्था परिवर्तन भए पनि सङ्घले अधिकार हस्तान्तरण गर्न आनाकानी गरेको बताउँदै मुख्यमन्त्री पोखरेलले संविधानले निर्दिष्ट गरेका अधिकारसमेत दिन हिचकिचाउनु पुरातन राज्य व्यवस्थाको अवशेष भएको उल्लेख गरे ।

कर्मचारीले सम्पादन गर्ने कार्यले सरकारको व्यवहार झल्काउने बताउँदै उनले संवेदनशील भएर काम गर्न आग्रह गरे । मुलुकको आर्थिक अवस्थाअनुसार निजामती कर्मचारीको तलब र सुविधा निर्धारण गरिएको र अन्य देशको तुलनामा कम रहे पनि सन्तुष्ट भएर काम गर्नुपर्ने उनको भनाइ छ ।

आन्तरिक मामिलामन्त्री डोबाटे विश्वकर्माले सङ्घबाट अधिकार नपाएको खण्डमा प्रदेश र स्थानीय तह सङ्घर्षमै उत्रनुपर्ने बताए । नागरिकको चाहनाअनुसार कार्यसम्पादन गर्न पनि उनले आग्रह गरे ।

प्रमुख सचिव रवीलाल पन्थले सुशासन कायम गर्न निजामती कर्मचारी प्रतिबद्ध हुनुपर्ने बताउँदै सामूहिक स्वार्थलाई केन्द्रमा राखेर काम गर्नसके लक्ष्य प्राप्ति हुने धारणा राखे । कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, नेपाल निजामती कर्मचारी सङ्गठनका प्रदेश अध्यक्ष अशोक खनाल, नेपाल निजामती कर्मचारी युनियनका प्रदेश अध्यक्ष दीपक रेग्मी, राष्ट्रिय कर्मचारी सङ्गठनका प्रदेश अध्यक्ष कृष्णप्रसाद पौडेललगायतले आफ्नो मन्तव्य राखेका थिए ।

दिवसका अवसरमा निजामती कर्मचारी सङ्गठनद्वारा आयोजित हाजिरी जवाफ प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय हुनेलाई मुख्यमन्त्री पोखरेलले प्रमाणपत्र र पुरस्कार प्रदान गर्नुका साथै निजामती कर्मचारी युनियनद्वारा आयोजित रक्तदानका ३० जना रक्तदातालाइए प्रमाणपत्र हस्तान्तरण गरे । त्यस्तै, मुख्यमन्त्री पोखरेलले पूर्वकर्मचारी सेवा परिषदद्वारा प्रकाशित गोधुलीको सन्देश पत्रिका विमोचनका साथै पूर्वकर्मचारीलाई सम्मान गरे ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  ९ : ४५ बजे

कुलमानबारे ऊर्जामन्त्रीले दिएको अभिव्यक्ति ढाँटछलपूर्ण : माधव सापकोटा

काठमाडौं – नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले कुलमान घिसिङका

पृथ्वी राजमार्ग : कतै धमाधम काम, कतै धुलैधुलो (तस्बिरहरू)

काठमाडौं– देशका पश्चिमी क्षेत्रका जिल्ला र संघीय राजधानी काठमाडौंलाई जोड्ने

‘बेरुजुका सम्बन्धमा महालेखाको सुझाव कार्यान्वयन गर्नुपर्छ’

काठमाडौं – महालेखापरीक्षकको कार्यालयले लेखा परीक्षणका सम्बन्धमा औँल्याइएको विषय तथा

बालेनलाई धक्का : गौशालाको धर्मशाला अब मारवाडी समितिकै जिम्मा

काठमाडौं- गौशलास्थित धर्मशाला सञ्चालनको जिम्मा मारवाडी सेवा समितिकै हातमा गएको

पक्षधरताभन्दा कार्य सम्पादनमा अब्बल हुनुहोस् : मुख्यमन्त्री कँडेल

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पक्षधरताभन्दा कार्य सम्पादनमा अब्बल