बस तथा गाडीमा यात्रा गर्दा वान्ता किन हुन्छ ? « Khabarhub

बस तथा गाडीमा यात्रा गर्दा वान्ता किन हुन्छ ?

यात्रा गर्दा के–के कुरामा ध्यान दिने ? वान्ता कसरी रोक्ने ?



काठमाडौँ – धनगढीकी सनम रावतलाई घर जाने भन्ने बित्तिकै वा घरबाट फर्किनलाई टाउँको दुख्न थाल्छ । किनकी उनलाई गाडी चढेको केही समयमा नै वान्ता हुन्छ ।

‘दसैँमा घर सम्झिँदा कहिले पुगौँ जस्तो हुन्छ, तर वान्ता भएर स्लाईन लगाउनु परेको अवस्था सम्झिदा भने गाडी चढ्नै नपरे हुन्थ्यो जस्तो लाग्छ’ उनी भन्छिन्, ‘प्लेनमा जाऊँ भने पनि दसैँमा तिर्बल बढाएका छन्, गाडी सम्झिनै मन छैन ।’

सनम त एउटा प्रतिनिधि पात्र मात्रै हुन यस्ता हजारौँ छन् जो गाडी सम्झिने बित्तिकै आत्तिने गर्छन् । कतिलाई त अस्पताल सम्म पुर्‍याउनु पर्ने हुन्छ । यस्तै अर्की पात्र हुन्, तनहुँकी वर्षा आचार्य ।

उनलाई गएको दसैँमा घर जाँदा धेरै वान्ता भएर रगत निस्किएको थियो । जसले गर्दा अस्पतालको वेड सम्म पुग्नु परेको अनुभव सुनाउँछिन्। ‘दसैं मनाउन घर हिँडेको मान्छे अस्पतालको वेडमा पुग्दा घरमा रुवाबासी भएछ, उनले भनिन् ।’

किन हुन्छ गाडीमा यात्रा गर्दा वान्ता ?
यात्रा गर्दा चक्कर लाग्ने, वाकवाकी लाग्ने, टाउको दुख्ने जस्ता समस्यालाई मेडिकल भाषामा मोसन सिक्नेस भनिन्छ । कस्ता व्यक्तिलाई मोसनसिक्नेस हुन्छ भनेर ठ्याक्कै भन्न सकिँदैन, भन्छन्, जनरल फीजिसियन डाक्टर मिलन खड्का ।

उनी भन्छन्, ‘शरीरको सन्तुलन बिग्रिंदा यात्रा गर्दा यस्तो हुने हो ।’ घुमाउरो बाटोमा गाडीमा यात्रा गर्दा सिरेबेलमको सन्तुलन बिग्रिएर मोसनसिक्नेसको समस्या देखिने हुन्छ ।

गाडीको गन्ध आउने, गाडी चढ्ने बित्तिकै बान्ता आउँछ भने त्यस्ता व्यक्तिमा मानसिक समस्या पनि हुनसक्ने चिकित्सकले बताएका छन् ।

कसैलाई पहिला गाडी चढ्दा बान्ता भएको छ भने पछि उसको माइन्डले प्रि–अकुपाइड गर्छ र हरेक पटक गाडी चढ्दा यस्तो समस्या आउन सक्छ । लामो दूरीको यात्रा नगरेका व्यक्तिलाई बान्ता आउन सक्छ है भनेर कसैले भनेपछि त्यो व्यक्तिको दिमागले त्यही सोचेर पनि मोसनसिक्नेस हुनसक्छ ।

वान्ता हुने समस्या कसरी कम गर्ने ?
एन्टीहिस्टामेनिक र प्रोमेथाजरिन औषधि खानुपर्छ । जुन यात्रा गर्नुभन्दा आधा घण्टा अघि खानुपर्ने हुन्छ । यो औषधिले बान्ता नै रोक्नेभन्दा पनि सिरेबेलमफंक्सनल डिसअर्डर रोक्न मद्दत गर्छ । खानेकुरा खाइराख्ने, अन्य कुरामा मन लगाउने, सँगै बस्ने व्यक्तिसँग कुरा गर्नुपर्छ ।

ह्रब्स ब्रिथको बास्ना सुँघ्दै यात्रा गर्दा वान्ता नहुन सक्छ । यात्रा गर्दा जहिले अगाडि हेर्न लगाउने, टाढाको दृश्य हेर्ने गर्नुपर्छ । झ्यालहरु खोलेर ताजा हावा आउन नदिने गर्नुपर्छ ।

मसलेदार खानेकुरा यात्रा गर्दा सकेसम्म नखाने गर्नुपर्छ । गीत सुन्ने गर्दा दिमाग अन्तै भुलिन्छ र गाडीबाट निस्किसकेपछि पनि फ्रेस भएर हल्का खानेकुरा खाएर आराम गर्ने हो भने समस्या हुँदैन ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  ७ : ०८ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले