स्वदेशी वस्तु नभएपछि कसरी अर्थतन्त्र बढ्छ ? « Khabarhub

स्वदेशी वस्तु नभएपछि कसरी अर्थतन्त्र बढ्छ ?

'बजार र व्यापारको बारेमा भन्दा मन्त्रीहरु झर्किने गर्छन्'



नेपाली बजारको विकास छिटो हुँदैछ। तर बजारअनुसार हाम्रो व्यापार र उत्पादन राम्रो भइरहेको छैन। हामीले अत्यावश्यक बस्तुमा समेत १५ प्रतिशत क्यापासीटिमा काम गर्नु पर्ने भइरहेको छ।

एक त लकडाउन भयो। मानिसहरूले भोज भतेरहरू नगर्ने भए। स्थानीय प्रशासनले रोक लगायो। काम नगरेको बेला पनि हामीले सम्पूर्ण पैसा दिनु पर्‍यो। कर्मचारी पाल्नैपर्ने थियो।

डिमान्ड कम भएको कारणले सप्लाइ नै कम भयो। यसमा सरकारको कुनै आधार नै भएन। स्वदेशी बस्तुको प्रयोग भनेको छ। हामीसँग कति स्वदेशी वस्तु छ कि जो आयात नगरेको कच्चा पदार्थबाट चलाउन सक्ने होस्। धेरै चीजहरू कच्चा पदार्थमा नै आयात गर्नु पर्दछ।

हामीले फ्री इन्जिनियरिङ घरहरू एक तला दुई तलाको बनाउने भनेर भन्यौ। कुरा पनि गर्यौ। हामीले ल्याएको लोकेभ स्किपलाई फिनिस प्रोजेक्ट भनेर ३० प्रतिशत भन्सार लगाइदिन्छन्। अरूले ल्याएकोमा ५ प्रतिशत लगाउँछन्। अनि हामी कसरी प्रतिस्पर्धामा जान सक्छौँ रु

मेसिनहरु ल्याउँदा हामीले जहाँ पायो त्यहाँ पाइँदैन, बालुवा मात्र हाम्रो भयो भने सिमेन्ट पनि बाहिरबाट ल्याउनु पर्दछ। त्यसमा हाम्रो ध्यान जानु पर्‍यो।

कोभिडले बजारमा धेरै सामानको भाउ घट्यो। नोक्सानी भयो। धेरै समय भएको डेट सकिन लागेको सामान घटाएर दिनु पर्दछ। सामान एउटा मूल्यमा किनेर राख्यो र पछि घट्यो भने त्यही मूल्यमा बेच्नु पर्दछ। तर राजस्व चाहिँ जतिमा किन्यो त्यति नै तिर्नु पर्दछ।

अहिले अर्थ मन्त्रालयले लाइसेन्सहरू वितरण गरेको छ। सबै पैसा त्यहाँ गयो भने विकास बजेटको लागि पैसा कहाँबाट आउने रु ठुला ठूला प्रोजेक्टहरू आएका छन्। त्यो लगेर बैंकमा लगेर राख्नु पर्‍यो भने त्यो पैसा कसरी सुरक्षित हुन्छ त रु हामीले सरकारलाई राम्रो बजार बनाउनुपर्छ भनेर भन्दा मन्त्रीहरूले तपाईँले सिकाउने हो र भन्नु हुन्छ रु

कोभिड, नाकाबन्दी, भूकम्प सबैले हामीलाई धेरै समस्या भएको छ। व्यापार ७० प्रतिशतमा संकुचित भएको छ। अहिले उपत्यकामा डेंगुको धेरै संक्रमण बढेको छ। त्यसमा सरकारको कुनै उपस्थिति नै देख्दिन म।

प्यारासिटामोल नै बजारमा पाइँदैन। यस्तो अवस्थामा पनि हामी विदेशबाट ऋण लिएर देशको शासन प्रशासन चलाइरहेका छौँ भने हाम्रो विकास र समृद्धि कसरी सम्भव छ रु

खाली राजनीतिक भाषण गरेर देश बन्दैन। वैदेशिक ऋण लिएर झनै देश बन्दैन होला। भित्र भित्रै ऋण लिएर देश झन् गरिब बनाउने काम कसैबाट हुनु हुँदैन। यदि भयावह भइरहेको छ भने अब रोक्नै पर्छ।

(खबरहबले आयोजना गरेको ‘वैदेशिक ऋणको बोझ कहिलेसम्म’ विषयक कार्यक्रममा व्यवसायी उर्मिला श्रेष्ठले राखेको धारणाको सम्पादित अंशः)

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  ८ : ११ बजे

गण्डकीका नौ जिल्लामा डेङ्गी फैलियो

गण्डकी – यस वर्ष गण्डकी प्रदेशका नौ जिल्लामा डेङ्गीको सङ्क्रमण

देउवा आएलगत्तै कांग्रेसमा दुई सभापति, सानेपालाई चुनदेवीबाट चुनौती

काठमाडौं- नेपाल फर्किएलगत्तै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीमा समानान्तर गतिविधि अगाडि

मधेस प्रदेशमा रगतको अभाव, रक्तदानका लागि आह्वान

जनकपुरधाम- रक्तदान गरेपछि शरीर कमजोर हुन्छ भन्ने नकारात्मक धारणाका कारण मधेस

नेपाल चेम्बर अफ कमर्स र बागमती विश्वविद्यालयबीच रणनीतिक समझदारी

काठमाडौं– नेपाल चेम्बर अफ कमर्स र बागमती विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर