दक्षिण अफ्रिकाले भारतलाई हरायो « Khabarhub

दक्षिण अफ्रिकाले भारतलाई हरायो


२१ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भ्रमणकारी टोली दक्षिण अफ्रिकाले घरेलु टोली भारतलाई पहिलो एकदिवसीय क्रिकेटमा ९ रनले हराएको छ । बिहीबार राति वर्षा भएपछि खेल ४० ओभरमा झारिएको थियो । जितसंगै तीन खेलको शृंखलामा दक्षिण अफ़्रिकाले १-० को अग्रता बनाएको छ ।

२ सय ५० रनको लक्ष्य पछ्याएको भारत ४० ओभरमा ८ विकेट गुमाएर २ सय ४० रनमा समेटियो । भारतका सन्जु सामसनले अविजित ८६ रन बनाए । श्रेयस आयरले ५० रनको योगदान गरे । दक्षिण अफ्रीकाका लुंगी एनजीडीले ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले ४० ओभरमा ४ विकेट गुमाएर २ सय ४९ रन बनायो ।

दक्षिण अफ्रीकाका डेभिड मिलरले अविजित ७५ रन बनाए । हेनरिक क्लासेनले अविजित ७४ रनको योगदान गरे । भारतका सार्दुल ठाकुरले २ विकेट लिए ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  ७ : ५१ बजे

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण