दसैँ तिहारको अवसरमा मिर्छुलुङमा पर्यटन मेला हुने « Khabarhub

दसैँ तिहारको अवसरमा मिर्छुलुङमा पर्यटन मेला हुने


२१ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

तनहुँ – जिल्लाको भिमाद नगरपालिका–५ मिर्छुलुङमा चौथो मिर्छुलुङ दसैँ पर्यटन मेला हुने भएको छ । तेस्रो नेत्र युवा संस्थाको आयोजना र मिर्छुलुङ विकास समितिको संरक्षकत्वमा दसैँ तथा तिहारको अवसरमा उक्त मेला एवं जुनियर पुरुष भलिबल प्रतियोगिता पनि आयोजना गर्न लागिएको हो ।

मिर्छुलुङको पर्यटन प्रबद्र्धनका लागि असोज २१ गतेदेखि २३ गतेसम्म पर्यटन मेला एवं भलिबल प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाका महेन्द्र आलेले जानकारी दिनुभयो ।

भलिबल प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु २२ हजार दुई सय २२, रु १६ हजार छ सय ६६ र रु ११ हजार एक सय ११का साथै ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिनेछ ।

पर्यटन मेलामा मिर्छुलुङ होमस्टे, भ्युटावर, मगर लाफा भिलेजका साथै विविध सांस्कृतिक कार्यक्रम प्रमुख आकर्षणका रुपमा रहने छन् ।

ग्रामीण पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यसहित मिछुर्लुङमा दृश्यावलोकन स्तम्भ (भ्युटावर) निर्माण गरिएको छ । देश तथा विदेशमा रहेका नेपालीहरुबाट सङ्कलन गरिएको रकमबाट उक्त स्तम्भ निर्माण गरिएको हो ।

कूल रु ३८ लाख चार हजार नौ सयको लागतमा स्तम्भ निर्माण गरिएको मिछुर्लुङ क्षेत्र विकास तथा भ्युटावर निर्माण समितिका अध्यक्ष नरेन्द्र थापाले जानकारी दिए । उक्त मेलाका अवसरमा भ्युटावर सर्वसाधारणको आकर्षणको केन्द्र बन्न सक्ने विश्वास गरिएको छ ।

मगर समुदायको कौरा, झ्याउरे, प्राङ्गारिक परिकार मिर्छुलुङ घरबासको विशेषता हो । प्राकृतिक सौन्दर्य भरिपूर्ण मिर्छुलुङमा झरना पनि छ । उक्त झरनामा एकपटक क्यानोनिङ समेत सञ्चालन गरिएको थियो ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  ९ : ४५ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००