पर्यटकको रोजाइमा मेघौलीका थारु ‘होमस्टे’ | Khabarhub Khabarhub

पर्यटकको रोजाइमा मेघौलीका थारु ‘होमस्टे’


२१ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

भरतपुर – थारु घरबास ‘होमस्टे’ चितवनको गोलाघाट घुम्न आउने पर्यटकको रोजाइमा पर्ने गरेको छ । राप्ती र नारायणी नदीको सङ्गम भरतपुर–२८ स्थित गोलाघाटमा आउने पर्यटकले परम्परागत संस्कृति, रहनसहन र मौलिक खानाका परिकारका कारण होमस्टेलाई पहिलो रोजाइ बनाउने गरेका हुन् ।

चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएकाले यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकले प्राकृतिक र मनमोहक सौन्दर्यको भरपुर आनन्द उठाउन सक्छन् । भरतपुर–२७ मा रहेको थारु होमस्टेममा पर्यटकले सस्तोमा पारिवारिक वातावरणमा बस्न र विशेष प्रकारको घरकै खाना खान पाउँछन् । यहाँ आउने पर्यटक बस्नका लागि आठ वटा होमस्टे सञ्चालन गरिएको छ । तीहोमस्टेको क्षमता ६० जनासम्म अटाउनसक्ने छ ।

पश्चिम चितवनको आकर्षक पर्यटकीय गन्तव्यस्थल गोलाघाटमा अहिले पर्यटकको चहलपहल कम छ तर होमस्टेमा फाट्टफुट्ट पर्यटक आइरहेका छन् । होमस्टे सञ्चालक देवी महतो भन्नुहुन्छ, “तीज र जितियामा खासै पर्यटक आएनन् । दसैँ लागेपछि पर्यटक आउन थालेका छन् । होमस्टे सञ्चालक सेमी महतो शुक्रबार र शनिबार यहाँ आउने पर्यटकको सङ्ख्या सन्तोषजनक रहेको बताउँछन् । यी दुई दिन धेरै पर्यटक बस्ने गरी आउने उनको भनाइ छ ।

मेघौली थारु होमस्टेका अध्यक्ष सोमबहादुर महतो पर्यटकका लागि यहाँको गन्तव्य चाडपर्व केन्द्रित हुने जानकारी दिन्छन् । यस वर्ष पनि चाडपर्वमा हामेस्टेमा आउनेको सङ्ख्या बढ्ने अपेक्षा गरिएको उनको भनाइ छ ।

मेघौली पर्यटन विकास समितिका अध्यक्ष हरिश्चन्द्र महतो वर्षाका कारण केही पर्यटकीय गतिविधिमा रोक लागाइएकाले पर्यटक आगमनमा असर परेको बताउँछन् । ‘अहिले पनि पानी परिरहेको छ । राष्ट्रिय निकुञ्जले डुङ्गा चलाउन दिएको छैन । जीप सफारी, हात्ती सफारीमा पनि रोक लगाइएको छ । जुन कुरा हेर्न र अनुभव गर्न पर्यटन यहाँ आउँछन् त्यो नै नभएपछि सङ्ख्या घट्ने नै भयो’, उनी भन्छन् ।

अध्यक्ष महतो चाडपर्वसँगै पर्यटकको सङ्ख्या बढ्ने अपेक्षा गर्छन् । गोलाघाटमा विशेष गरेर वन्यजन्तु हेर्नका लागि पर्यटक आउने गर्छन् । निकुञ्जको जङ्ल र दुई नदीको सङ्म भएको अत्यन्त सुन्दर र रमणीय गोलाघाटमा नारायणी नदी र राप्तीखोला मिसिएर अगाडि बढ्छ । यहाँ सूर्यास्तको दृश्य नियाल्न स्थानीय तथा बाह्य पर्यटक आउने गर्दछन् । फराकिलो भएर बगेको नदी र परपरसम्म कुनै मानवीय बस्ती एवं भौतिक संरचना नभएका कारण यहाँबाट सूर्यास्त देखिन्छ । पश्चिम चितवनको अन्तिम बिन्दु रहेको हुनाले गोलाघाटभन्दा तल कुनै बस्ती छैन । सूर्यास्तसँगै बाघ, एकसिङ्गे गैँडा, मृग, चित्तल, गोही यहाँको आकर्षणको केन्द्रबिन्दु हुन् । एकान्तमा रमाउन चाहने पर्यटक पश्चिम चितवनमा केन्द्रित हुने गरेको यहाँका व्यवसायी बताउँछन् ।

मेघौलीमा थारू जातिको पुराना संस्कृतिलाई जोगाउने भन्दै सङ्ग्रहालय पनि बनाइएको छ । कुमाल सङ्ग्रहालय, कल्चर हाउस, पर्यटन सूचना केन्द्र, राइनो पार्कलगायत पर्यटकीय संरचना यस क्षेत्रमा बन्दै गरेका छन् । गोलाघाट स्थानीय संस्कृतिको पनि धनी क्षेत्र हो । यहाँ कुमाल, थारू, तामाङ समुदायको बहुल्यता छ । अहिले कुमाल र थारू समुदायका सांस्कृतिक टोलीले रातको समयमा आफ्नो समुदायको नृत्य तथा गीत प्रस्तुत गरी पर्यटकलाई मनोरञ्जन दिने गर्छन् । यहाँको स्थानीय परिकार चिचर, लोकल हास, कुखुरा, घुँगीले पनि पर्यटकलाई आकर्षण गरिरहेको छ । यस क्षेत्रमा सानाठूला गरेर २५ वटा होटल तथा रिसोर्ट सञ्चालनमा रहेका छन् । यहाँ स्तरीय होटलसँगै होमस्टेलाई पनि स्तरीकरण गरिएको छ । यहाँ कुमाल होमस्टे पनि सञ्चालनका क्रममा रहेको स्थानीय रामसिंह कुमाल बताउँछन् ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  ९ : ५८ बजे

साउदी प्रो लिग : रोनाल्डो सम्मिलित अल नासरको सहज जित

काठमाडौँ– साउदी प्रो लिगमा अल नासरले सहज जित निकालेको छ

परराष्ट्रमन्त्री साउद आज कतारको दोहा जाँदै

काठमाडौँ– परराष्ट्रमन्त्री नारायणप्रसाद साउद आज कतारको दोहा जाँदैछन् । डिसेम्बर

सेवा प्रवाह गर्न ९२ हजार जनशक्ति आवश्यक : स्वास्थ्यमन्त्री

काभ्रे– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नागरिकलाई सहजरूपमा सेवा प्रदान

एसीसी यु–१९ एसिया क्रिकेट : आज दुई खेल हुँदै

काठमाडौँ– एसीसी यु–१९ एसिया कप क्रिकेटमा आज दुई खेल हुँदैछन्

प्रथम महिला समाचार वाचक कृष्णा ताम्राकार

कृष्णा ताम्राकार भन्ने बित्तिकै धेरैको स्मरणमा रेडियो नेपालको साढे २