पहिरो पन्छाएर पृथ्वीराजमार्ग सञ्चालन « Khabarhub

पहिरो पन्छाएर पृथ्वीराजमार्ग सञ्चालन


२१ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

दमौली – अविरल वर्षासँगै पहिरो जाँदा अवरुद्ध भएको पृथ्वीराजमार्ग सञ्चालन गरिएको छ । आज बिहान पृथ्वीराजमार्गको दुई ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएकामा पहिरो पन्छाएर राजमार्ग सञ्चालन गराइएको प्रहरीले जनाएको छ ।

व्यास नगरपालिका–१२ घाँसीकुवामा पहिरो पन्छाएर दुईतर्फी सडक सञ्चालनमा ल्याइएको तनहुँ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार सुनारले जानकारी दिए ।

त्यस्तै म्याग्दे गाउँपालिका–१ गुणादीमा एकतर्फी सडक सञ्चालनमा आएको छ । दुईतर्फी बनाउन पहिरा पन्छाउने कार्य जारी छ । ‘निरन्तर पानी परिरहेकाले केही समस्या भएको छ’, उनले भने।

राजमार्ग सञ्चालनमा आएपछि रोकिएका सर्वसाधारण गन्तव्यतर्फ लागेका छन् । निरन्तर वर्षा भइरहेकाले अझै पहिराको थप जोखिम रहेको देखिन्छ । पहिरो जानसक्ने सम्भावनालाई मध्यनजर गर्दै पहिरो पन्छाउने टोलीलाई तयारी अवस्थामा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  १० : ५० बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली