अविरल वर्षाका कारण ठाउँठाउँमा पहिरो : सर्वसाधारणलाई सास्ती « Khabarhub

अविरल वर्षाका कारण ठाउँठाउँमा पहिरो : सर्वसाधारणलाई सास्ती


२१ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

दमौली- तीन दिनदेखि परेको अविरल वर्षाका कारण पृथ्वीराजमार्गअन्तर्गत तनहुँ खण्डका विभिन्न ठाउँमा पहिरा जाँदा सर्वसाधारणले सास्ती पाएका छन् ।

अविरल वर्षाका कारण पृथ्वीराजमार्गका विभिन्न ठाउँमा गएको पहिराले सडक अवरुद्ध भएको थियो । अहिले सो राजमार्गमा पहिरो पन्छाएर एकतर्फी  सञ्चालनमा ल्याइएको छ ।

आज बिहानदेखि ठाउँठाउँमा गएको पहिराले सर्वसाधारण बाटोमै रोकिएका थिए । निरन्तर भइरहेको वर्षाका कारण जोखिम यथावत् नै छ ।

म्याग्दे गाउँपालिका र व्यास नगरपालिकाका तीन ठाउँमा गएको पहिराले सर्वसाधारणलाई यात्रामा समस्या भएको दमौली निवासी डा. शेषरमण न्यौपानेले जानकारी दिए। म्याग्दे –१ स्थित गुणादी, व्यास–४ स्थित मादी पुल र व्यास –१२ स्थित घाँसीकुवामा गएको पहिराका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजकुमार सुनारले जानकारी दिए।

उनका अनुसार गुणादीमा पहिरा पन्छाएर एकतर्फी सडक सञ्चालनमा ल्याइएको छ भने घाँसीकुवामा दुईतर्फी नै सडक सञ्चालन भएको छ । मादी पुल नजिक लेदोसहितको खसेको पहिरा पन्छाउने काम भइरहेको छ । निरन्तर वर्षा भइरहेकाले जोखिमको सम्भावना कायमै रहेको छ । पहिरा जान सक्ने सम्भावना भएकाले पहिरा पन्छाउन टोली तयारीमा अवस्थामा राखिएको प्रहरीले जनाएको छ ।

वर्षाका कारण जिल्लाका ग्रामीण सडक अवरुद्ध छन् । वर्षाका कारण सडक अवरुद्ध हुँदा दसैँको टीका लगाउन जानेहरू मर्कामा परेका छन् ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  ११ : २७ बजे

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

चितवन– चितवनमा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन

कोरलाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ– यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र