बारा बस दुर्घटना अपडेट : मृत्यु हुने सबैको सनाखत « Khabarhub

बारा बस दुर्घटना अपडेट : मृत्यु हुने सबैको सनाखत


२१ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बारा- पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको अमलेखगंज सडकखण्डमा बिहीबार भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ । भरतपुरको चितवन मेडिकल कलेजमा उपचार गराइरहेकी एक बालिका र एक महिलाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १८ पुगेको हो ।

गएराती बारा करैयामाई २ घर भई हाल चितवन भरतपुर १२ बस्दै आएकी १६ वर्षीय प्रितिका चौधरीको नयाँ मेडिकल चितवनमा र पर्सा वीरगन्ज १६ नगवा की ६० वर्षीय मालती देवी चौरसियाको नारायणी उपक्षेत्रीय अस्पताल बिरगंगजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवंम् नायव उपरीक्षक राजेश थापाले जानकारी दिए ।

मृत्यु हुने अन्य सबै जनाको सनाखत भइसकेको छ । मृत्यु हुनेमा बारा जिल्ला कलैया उपमहानगरपालिका–२ का ४१ वर्षीय लिलाराज चौधरी, चितवन खैरहनी–५ बुडौलीका ६३ वर्षीय नन्द कुमारी पुडासैनी, चितवन कालिका रमाईलो चोक बस्ने शंकर कडेलको छेरा १४ वर्षीय सफल कँडेल, पर्सा वीरगन्ज १६ का ६५ वर्षीयसोम प्रसाद चौरासिया, सोही ठाउँकी ३६ वर्षीय मन्निदेवी चौरासिया, मकवानपुर हेटौडा ७ की ५६ वर्षीय शुभलक्ष्मी श्रेष्ठ, सोही ठाउँकी १९ वर्षीय सोस्तिका श्रेष्ठ, बारा कलैया १० की ३५ वर्षीय नाजलिन खातुन, बारा जितपुरसिमरा २ का २८ वर्षीय सुरेश बि.क, बारा कलैया १० का २५ वर्षीय ईताजत अंसारी, ओखलढुङ्गाका लाल बहादुर बोगटी, चितवन खैरेनी ५ का ३५ वर्षीय मनोरथ पुडासैनी, गोर्खाकी ३५ वर्षीय अम्बिका कँडेल, धनुषा जनकपुर ५ का ५० वर्षीय कोसन्तोष कुमार राय, बारा करैयामाई २ घर भई हाल जिल्ला चितवन भरतपुर १२ की १६ वर्षीय प्रितिका चौधरी, बारा स्वर्ण ७ को ५५ वर्षीय रामआश्रय राय यादव, पर्सा सखुवाप्रसौनी ६ लखनपुर का ५५ वर्षीय गया राउत कम्कर र पर्सा वीरगन्ज १६ नगवा की ६० वर्षीय मालती देवी चौरसिया रहेका छन ।

बागमती प्रदेश ०६–००१ ख ०११० नम्बरको बस ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले प्रारम्भिक अनुसन्धान गरेको छ । घाइतेहरूको चितवन, हेटौडा र वीरगन्जका  विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  १२ : ०९ बजे

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

सुदूरपश्चिम – कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पर्यटन मन्त्रालयद्वारा पाँच निकायमा नयाँ पदाधिकारी नियुक्त, को कहाँ ?

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद