महोत्तरीमा ४ ठाउँमा निर्वाचन अधिकृतको कार्यालय स्थापना « Khabarhub

महोत्तरीमा ४ ठाउँमा निर्वाचन अधिकृतको कार्यालय स्थापना


२१ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- आसन्न निर्वाचनको लागी महोत्तरीमा ४ ठाउँमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।

जिल्लाको जलेश्वर, वल्वा, पिपरा, रामगोपालपुर र बर्दिबासमा निर्वाचन आयोगले अधिकृतको कार्यालय स्थापना गरेको हो ।

यस अघिका निर्वाचनमा सदरमुकाम जलेश्वरमा मात्र मतगणना हुने भएता पनि आसन्न निर्वाचनको मतगणना चारै ठाउँमा हुने जिल्ला निर्वाचन आयोगले जनाएको छ ।

मतगणना एकै ठाउँमा मात्र केन्द्रित हुँदा ढिला हुने र नतिजा समेत सुस्त हुने भएकाले मतगणना निक्कै छिटो हुने निर्वाचन आयोगको विश्वास छ ।

निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न जिल्लाका सुरक्षा निकायसँग बृहत् छलफल समेत भइरहेको जिल्ला निर्वाचन कार्यालय प्रमुख सुबोध कुमार महतोले जानकारी दिए ।

निर्वाचन आयोगको कार्यातालिका अनुसार दलका वा स्वतन्त्र उम्मेदवारले २३ असोजमा मनोनयन दर्ता गरिसक्नुपर्ने छ । यसैको रस्साकस्सीमा दलहरु लागिपरेका छन् ।

निर्वाचन आयोगले २३ असोजमा उम्मेदवारी दर्ता गरेको नामावली २३ गते नै ७ बजेसम्म प्रकाशन गर्नेछ । चित्त नबुझेका वा कुनै फौजदारी अभियोग लागेका उम्मेदवार भए २४ असोजको १० बजेदेखि ५ बजेसम्म उजुरी हाल्न सक्ने व्यवस्था पनि आयोगले आफ्नो कार्यातालिकामा प्रस्तुत गरेको छ ।

२५ असोजमा उजुरीका  विरुद्ध छानबिन तथा निर्णय गरी  नामावली प्रकाशन हुनेछ भने २६ असोजमा उम्मेदवारहरुलाइ उम्मेदवारी फिर्ता लिन सक्ने समय सीमा निर्धारण गरिएको छ । २६ गते नै अन्तिम नामावली प्रकाशन गरेपछि सोही दिन १ बजेदेखि उम्मेदवारहरुलाइ निर्वाचन चिन्ह प्रदान गर्ने निर्वाचन आयोगले जनाएको छ ।

त्यसपछि दल तथा स्वतन्त्र उम्मेदवारहरू ४ मंसिरको तयारीमा जुटने छन् ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  १२ : १५ बजे

ड्रोन आक्रमण बढेको कारण युक्रेनी विश्वविद्यालयद्वारा अनलाइन कक्षा जारी गर्न निर्देशन

कीएभ- रूसले दिनको समयमा पनि आक्रमण गरेको भन्दै युक्रेनको प्रमुख

टी–२० सिरिजमा गण्डकीको विजयी सुरुवात

काठमाडौं– नेपाल भ्रमणमा आएको भुटानको राष्ट्रिय क्रिकेट टिम, गण्डकी प्रादेशिक

असोज ८ देखि हालसम्म विपद्का घटनामा ३५ जनाको मृत्यु

काठमाडौं– अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न

यूएनएचसीआरमा आर्थिक संकट, ८३ लाख विस्थापित सहायता र संरक्षणबाट वञ्चित हुने जोखिममा

जेनेभा- संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी निकाय (यूएनएचसीआर) ले पर्याप्त बजेट अभावका कारण

सञ्चारमन्त्री तिमिल्सिनाको कोरिया भ्रमण स्थगित

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले गणतन्त्र कोरियाको राजधानी