रामेछापको चिस्यान केन्द्र अलपत्र « Khabarhub

रामेछापको चिस्यान केन्द्र अलपत्र


२१ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

रामेछाप- मन्थलीमा निर्माणाधीन जिल्लाकै एकमात्र चिस्यान केन्द्र अलपत्र बनेपछि यहाँका किसानहरू चिन्तित बनेका छन् । तरकारी तथा फलफूल उत्पादक किसानहरूलाई लक्षित गरेर रामेछापको सदरमुकाम मन्थलीमा निर्माणाधीन तरकारी तथा फलफूल चिस्यान केन्द्र समयमै निर्माण  सम्पन्न नहुँदा अलपत्र परेको हो  । 

मन्थली नगरपालिका–१ सानीमदौमा निर्माणाधीन चिस्यान केन्द्र निर्माण अवधि  सकिएको लामो सयम बितिसक्दा पनि अलपत्र भएपछि यहाँका कृषकहरू चिन्तित बनेका हुन् । बागमती प्रदेश सरकारको पाँच करोड र मन्थलीको दुई करोड १० लाख गरी सात करोड १० लाखको बजेट साझेदारीमा निर्माण  भइरहेको  केन्द्र समयमै निर्माण सम्पन्न हुने आशामा रहेका किसान निराश बनेका छन् ।

केन्द्र बन्न लागेपछि उत्साहित भएका किसानले विगतका तुलनामा फलफूल तथा तरकारीहरूको उत्पादन दोब्बर बनाएका थिए । स्थानीय कृषक मीनबहादुर खड्काले चिस्यान केन्द्र समयमै निर्माण सम्पन्न नभएकाले उत्पादित तरकारी तथा फलफूलहरू कुहिएर फाल्नु परेको गुनासो गरे । 

स्थानीय उत्पादन अर्ग्यानिक हुने र बाहिरबाट ल्याएको भन्दा महङ्गो हुने हुनाले बजारमा सजिलै बेच्ने अवस्था नभएकाले भण्डारण गर्नैपर्ने बाध्याता भएको कृषकहरूको भनाइ छ । रामेछाप सदरमुकाम मन्थलीमा अत्यधिक गर्मी हुने हुनाले तरकारी तथा फलफूल चाँडै कुहिने र बिग्रने गर्दछ । अहिले उत्पादन गरेका वस्तु भण्डारण गरेर राख्न पाए पछि महङ्गोमा बेच्न सकिने स्थानीय कृषक कुमार घिमिरेले जानकारी दिए । 

समयमै निर्माण कार्य सम्पन्न गराएर किसानहरूले उत्पादन गरेका तरकारी तथा फलफूल चाँडै नै भण्डारण गराउन लागिपरेको भए पनि चिस्यान केन्द्र निर्माणको जिम्मा पाएको इजी इन्फा प्रालिले स्टमेट र सम्झौता विपरीत बारगेनिङ गरेर निर्माण  ढिला गरेको मन्थली नगरपालिकाका नगरप्रमुख लब श्रेष्ठले बताए।  

निर्माणाधीन चिस्यान केन्द्र निर्माण व्यवसायीले २०७८ असार मसान्तसम्म निर्माण सकेर हस्तान्तरण गर्नुपर्ने सम्झौता भए पनि समय सकिएको १६ महिना बित्नै लाग्दासमेत निर्माण सकिएको छैन । चिस्यान केन्द्र निर्माण हुन लागेपछि उत्साहित भएका आफू जस्ता किसानलाई निर्माण व्यवसायीको लापरबाहीले निराश बनाएकाले यसतर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी रहेको  स्थानीय कृषक सविता श्रेष्ठ बताए । यो केन्द्र निर्माणका सुरुआतीमा पनि कमसल सामान प्रयोग गरेको जनाउँदै स्थानीयले विरोध गरेपछि भत्कन लागेको र चर्किसकेको जगलाई नगरपालिकाले पुनः भत्काएर निर्माण गर्न लगाएको थियो । 

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  ३ : ३९ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा