अयोध्याबाट आइपुग्यो राम राज्य रथ यात्रा « Khabarhub

अयोध्याबाट आइपुग्यो राम राज्य रथ यात्रा


२१ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

जलेश्वर- भगवान् श्री रामचन्द्रको जन्मभूमि अयोध्याबाट आज ‘राम राज्य रथ यात्रा’ महोत्तरीको सदरमुकाम जलेश्वरमा आएको छ । श्रीरामदास मिसनको आयोजनामा भारत एवं नेपालको ६० दिने यात्राका लागि निस्केको ‘श्रीरामजीको दिग्विजय यात्रा’ आज जलेश्वर आइपुगेको हो ।

अलौकिक रथ एवं सयौँ साधु, सन्त, महात्मासहित महोत्तरीको प्रमुख भन्सार नाका भिट्ठामोड आइपुगेको रथ यात्रालाई जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनारले फूल, माला, अबिरसहित स्वागत गर्दै विशेष पूजा तथा प्रसाद ग्रहणका लागि बाबा जलेश्वरनाथको मन्दिरमा लगेका छन् ।

भारत र नेपालको आध्यात्मिक एवं सांस्कृतिक सम्बन्ध सुदृढ गर्नु, आपसी भाइचारा बढाउनु र रामसीताको भएर हामीले सधैँ रामसीताको आदर्श अपनाएर जीवन व्यतीत गर्नु/गराउनु प्रमुख उद्देश्यका साथ जलेश्वर आइपुगेको यस रथ यात्रा जलेश्वरनाथ महादेवको दर्शनपश्चात् आजै जनकपुरधाम लगिने छ ।

नेपालको जलेश्वर, जनकपुर, हेटौँडा, नारायणघाट र काठमाडौँसम्म जाने यस यात्रा नेपालमा आठ दिनसम्म विभिन्न मठमन्दिरमा दर्शन एवं पूजाअर्चना गर्नेछन् । यही असोज १८ गते अयोध्याको राम मन्दिरबाट साधुसन्तको लावालस्करका साथ आरम्भ भएको यस रथ यात्राले ६० दिनसम्म नेपाल र भारतको विभिन्न २७ ठाउँको भ्रमण गर्नेछन् भने १५ हजार किलोमिटरसम्म यात्रा गर्नेछन् ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  ४ : ०७ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।