अयोध्याबाट आइपुग्यो राम राज्य रथ यात्रा « Khabarhub

अयोध्याबाट आइपुग्यो राम राज्य रथ यात्रा


२१ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

जलेश्वर- भगवान् श्री रामचन्द्रको जन्मभूमि अयोध्याबाट आज ‘राम राज्य रथ यात्रा’ महोत्तरीको सदरमुकाम जलेश्वरमा आएको छ । श्रीरामदास मिसनको आयोजनामा भारत एवं नेपालको ६० दिने यात्राका लागि निस्केको ‘श्रीरामजीको दिग्विजय यात्रा’ आज जलेश्वर आइपुगेको हो ।

अलौकिक रथ एवं सयौँ साधु, सन्त, महात्मासहित महोत्तरीको प्रमुख भन्सार नाका भिट्ठामोड आइपुगेको रथ यात्रालाई जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनारले फूल, माला, अबिरसहित स्वागत गर्दै विशेष पूजा तथा प्रसाद ग्रहणका लागि बाबा जलेश्वरनाथको मन्दिरमा लगेका छन् ।

भारत र नेपालको आध्यात्मिक एवं सांस्कृतिक सम्बन्ध सुदृढ गर्नु, आपसी भाइचारा बढाउनु र रामसीताको भएर हामीले सधैँ रामसीताको आदर्श अपनाएर जीवन व्यतीत गर्नु/गराउनु प्रमुख उद्देश्यका साथ जलेश्वर आइपुगेको यस रथ यात्रा जलेश्वरनाथ महादेवको दर्शनपश्चात् आजै जनकपुरधाम लगिने छ ।

नेपालको जलेश्वर, जनकपुर, हेटौँडा, नारायणघाट र काठमाडौँसम्म जाने यस यात्रा नेपालमा आठ दिनसम्म विभिन्न मठमन्दिरमा दर्शन एवं पूजाअर्चना गर्नेछन् । यही असोज १८ गते अयोध्याको राम मन्दिरबाट साधुसन्तको लावालस्करका साथ आरम्भ भएको यस रथ यात्राले ६० दिनसम्म नेपाल र भारतको विभिन्न २७ ठाउँको भ्रमण गर्नेछन् भने १५ हजार किलोमिटरसम्म यात्रा गर्नेछन् ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  ४ : ०७ बजे

नेपाल र बंगलादेशको एलडीसी स्तरोन्नतिको तयारी अवधि सन् २०२९ नोभेम्बर २४ सम्म थप

काठमाडौँ – संयुक्त राष्ट्रसंघको महासभाले नेपाल र बंगलादेशलाई अतिकम विकसित मुलुक

नागरिकता प्रमाणपत्रको प्रतिलिपि अब अन्य जिल्लाबाट पनि लिन पाइने

काठमाडौँ– सरकारले नागरिकता प्रमाणपत्रसम्बन्धी सेवा प्रवाहलाई सहज र प्रविधिमैत्री बनाउने

हिमाली संकट समाधानका लागि नेपालका चार प्रस्ताव, ५३ देशको समर्थन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु

रेडिमेड सामग्रीको बढ्दो प्रयोगले संकटमा कुम्हालको पुर्ख्यौली पेसा (तस्बिरहरू) 

सिरहा- बुवा–बाजेको जीवन माटोका सामग्री बनाउँदै बित्यो । सिरहाको धनगढीमाई नगरपालिका–७,

जडीबुटी बेचेर चार करोड राजस्व असुली

कर्णाली– कर्णाली प्रदेशले गत आर्थिक वर्षमा जडीबुटी निकासीबाट चार करोड