गठबन्धन र लोसपाको वार्ता सकारात्मक, साँझ फेरी बस्ने « Khabarhub

गठबन्धन र लोसपाको वार्ता सकारात्मक, साँझ फेरी बस्ने


२१ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संघीय निर्वाचनको उम्मेदवारी दर्ताको मिति नजिकिँदै गर्दा भएको सत्तारुढ गठबन्धन र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा नेपाल)बिचको वार्ता सकारात्मक दिशातर्फ अघि बढेको छ ।

जनता समाजवादी पार्टीले सिट बाँडफाँडमा असन्तुष्टि जनाउँदै सत्तारुढ गठबन्धन छाडे लगत्तै चुनावी गठबन्धनका लागि छलफल गर्न लोसपा नेपालका नेताहरू अपरान्ह बिहीबार प्रधानमन्त्री निवास पुगेका थिए।

लोसपाका नेताहरू लोसपाका नेताहरू शरदसिंह भण्डारी, अनिल झा र जितेन्द्र सोनलले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनमोर्चा आबद्ध गठबन्धनका नेताहरूसँग छलफल गरेका थिए।

छलफलमा उनीहरूले संघमा १५ सिट र प्रदेशमा मुख्यमन्त्री मागेको बताइएको छ। लोसपाका नेता जितेन्द्र सोनाका अनुसार आजै साँझ फेरि लोसपासँग गठबन्धनको छलफल हुनेछ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  ५ : ५३ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल