अविरल वर्षाका कारण धान डुबानमा, किसान चिन्तामा « Khabarhub

अविरल वर्षाका कारण धान डुबानमा, किसान चिन्तामा


२१ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

कैलाली– गत वर्ष यहाँका किसानले धान भित्र्याउँनै लाग्दा अविरल वर्षाका कारण धान डुबानमा परी ठूलो क्षति भएको थियो । वर्षाले धान उठाउन त के किसानले धानको बीउसमेत जोगाउन सकेका थिएनन् । कतिपयले खेतमा धान काटेका थिए भने कोहीले थ्रेसर गर्न ठिक्क पारेर जम्मा गरेका थिए । धान उठाउन नपाएर पूरै क्षति भएको थियो । वर्षा बढ्न थालेपछि खेतमा पाकेको धानबाली क्षति हुने भन्दै यहाँका किसानका मनमा एक प्रकारको चिन्ता बढ्न थालेको छ ।

बुधबारदेखि निरन्तर वर्षा भइरहेकाले किसानका मनमा चिन्ता बढेको हो । अहिले किसानका खेतमा धान लटरम्मै पाकेको छ । कतिपयले काट्न सुरु गरिसकेका छन् । गत वर्षकै झै अवस्था यसपालि पनि दोहोरिने हो की भन्ने चिन्तामा छन् धनगढीको सरस्वती नगरका कृषक किसान माइला चौधरी । वर्षाले गत वर्ष खेतमा काटेको धान डुबानमा परी तैरिएको बिर्सिनसकेको उनले सुनाए । धान भित्र्याउनै लाग्दा ठूलो वर्षा भएपछि उनको झण्डै तीन बिघा क्षेत्रफलमा लगाएको धान पूरै क्षति भएको थियो । 

वर्षा रोकिएला र धान जोगाउँला भन्दाभन्दै एक साताभन्दा बढी पानी परेपछि धान उठाउन त के धानको बीउसमेत जोगाउन नसकिएको चौधरीको भनाइ छ । धनगढीको शान्तिनगरकी निर्मला फुलाराले गए रातिको वर्षाले आफूले काटेर घरको आँगनमा राखेको धानमा क्षति पुगेको सुनाए ।

त्यस्तै धनगढीको बैयाबेहडीका किसान रामभगत चौधरीले खेतमा धान पाकेर काट्ने बेला भएको तर पानी पर्न थालेपछि आफूले वर्षभरिका लागि जोहो गरेर खाने अन्न बिग्रिने भन्दै दुखेसो पोखे । ‘वर्षा भइरहेकाले अघिल्लो वर्षकै स्थिति सिर्जना हुने पो हो की भन्ने पिरलो हुन थालेको छ’, उनले भने।

बैयाबेहडीको दक्षिण बेल्टमा चौधरीले साढे दुई विघा जमिन ठेक्कामा लिई धान खेती गरेका छन् । उक्त खेतीबाट छ जना जहानको लालनपालन गर्दै आएका छन् । अहिले यहाँका अधिकांश किसानका खेतमा धान पाकेर लटरम्म भएको छ । छिटो गरी रोपाइँ गरेको किसानले धान काट्न सुरु गरिसकेका छन् । 

गत वर्ष वर्षाले धानबाली पूर्णरुपमा क्षति भएपछि खान लाउनसमेत समस्या भएको किसानले बताएका छन् । एकातिर धान खेतबारीमा लटरम्मै पाकेको अवस्था छ भने अर्कातिर निरन्तर वर्षा भइरहेकाले धान भित्र्याउन पाइन्छ कि पाइँदैन भन्ने किसानका मनमा चिन्ता छाएको छ ।गत वर्ष वर्षाले खेत डुबानमा परेपछि किसानले हप्तौँसम्म पनि धान उठाउन सकेका थिएनन् ।

खेत तलाउमा परिणत भएका थिए । किसानका काटेका धान खेतको पानीमा तैरिएको थियो । खेतमै धान उम्रिएर जमराझैँ भएको थियो । घरपालुवा पशुचौपायाको आहाराको लागि प्रयोग गरिने परालसमेत खेतमै कुहिएको थियो । किसानका खेतमा यस वर्ष सर्जु, मन्सुली, भालेमन्सुली, राधा–४ लगायतका धानका जात बढी मात्रामा देखिन्छन् ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  ६ : ४० बजे

विद्यालयमा आइतबार बिदा दिने निर्णय पुनः विचार गर्न आग्रह

काठमाडौं – सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आइतबार विद्यालयमा

दुई थान चोरीको स्कुटरसहित एकजना पक्राउ

काठमाडौं – दुई थान चोरीको स्कुटरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको

सम्पत्ति छानबिन आयोगको काम अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सम्पत्ति छानबिन आयोगलाई कसैको पनि सम्पत्ति छानबिन नगर्न

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै जटायु रेष्टुरेन्ट

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

नेपाल–भारत ऊर्जा बैठक : विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति

काठमाडौं – नेपाल र भारतबीच विद्युत् आयात–निर्यातको क्षमता विस्तार गर्ने