अविरल वर्षाका कारण पहिरो जाँदा दुई घरमा पूर्ण क्षति « Khabarhub

अविरल वर्षाका कारण पहिरो जाँदा दुई घरमा पूर्ण क्षति


२१ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

दमौली– तीन दिनदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा तनहुँको म्याग्दे–७ पयारटोलका दुई घरमा पूर्ण क्षति पुगेको छ । स्थानीय बसन्तबहादुर घर्ती र पदमबहादुर घर्ती पहिरोले क्षति पुगेको नेपाली काङ्ग्रेस म्याग्देका नेता श्रीभद्र आचार्यले जानकारी दिए । पहिरोका कारण सोही ठाउँमा बिजुलीको पोल ढलाएर थप क्षति हुने सम्भावना रहेको उनले बताए । 

‘गाउँपालिकाभित्र बाढीपहिरोका कारण भएको क्षतिको विवरण तत्काल संकलन गरी पीडितलाई राहत दिन स्थानीय, प्रदेश र सङ्घ सरकारसँग माग गर्दछौँ’, उनले भने।

अविरल वर्षाका कारण पृथ्वीराजमार्गअन्तर्गत व्यास नगरपालिका–४ मादी पुल नजिक आज सडक भासिएको छ । सडकमाथिबाट खसेको पहिरोका कारण पानी सडकमा आउँदा सडकको केही भाग भासिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजकुमार सुनारले जानकारी दिए । ‘पहिरो खसेपछि पानी सडकमै बग्दा सडक भासिएको हो, पानीलाई वैकल्पिक माध्यमबाट अन्यत्रै बग्ने बनाएका छौँ”, उनले भने, “भासिएको सडकको मर्मतको काम सुरु भइसकेको छ ।’

वर्षाका कारण पहिरो जाँदा व्यास नगरपालिका–३ र ५ मा तीन घरमा क्षति पुगेको छ । व्यास–३ देउराली नगरको भिमसेन मन्दिर पछाडिपट्टिको ढिस्को खस्दा नयाँ बन्दै गरेको घरमा क्षति पुगेको छ । यस्तै व्यास नगरपालिका–५ मानुङकोटमा पनि पहिरोका कारण दुई घरमा क्षति पुगेको स्थानीय चुडामणि दाहालले जानकारी दिए । यसैगरी व्यास नगरपालिका–३ शान्तिनगरमा पनि पशु सेवा विज्ञ केन्द्रको पर्खाल नजिक पहिरो गएको छ ।

वर्षाले व्यास नगरपालिका–१ स्थित क्षेत्री समाजको भवन जाने बाटो क्षतविक्षत बनाएको छ । व्यास–१ करङकाठमा बुल्दी खोला बढ्दा खोला पार गर्ने क्रममा एउटा मोटरसाइकल सहित चालकलाई बगाएको छ । चालकलाई भने शकुसल उद्धार गरिएको छ भने मोटरसाइकल फेला नपरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  ७ : ५४ बजे

शरद् ऋतुमा १८ हिमाल आरोहणबाट २३ करोड ८५ लाख राजस्व सङ्कलन

काठमाडौँ– शरद् ऋतुमा १८ हिमाल आरोहणका लागि ६३७ जनाले अनुमति

विभेद अन्त्य गर्न विश्व समुदायले थप प्रभावकारी कदम चाल्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न प्रकारका विभेद अन्त्य गर्न विश्व

भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग

कास्की– रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीबाट

नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना

बाँके– बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले किसानको खेतसम्म पानी पुर्‍याउन शाखा

आईसीसीमाथि प्रश्न- वरीयताको अन्तिम निर्णय कसरी स्वीकार्य हुन्छ ?

काठमाडौँ – एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत क्वाटरफाइनलका चार