रूसी ऊर्जा क्षेत्रमा थप दबाब दिन जेलेन्स्कीको आग्रह « Khabarhub

रूसी ऊर्जा क्षेत्रमा थप दबाब दिन जेलेन्स्कीको आग्रह


२१ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

कीभ – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनमाथिको आक्रमणलाई लिएर यूरोपेली संघ (ईयू) ले मस्कोमाथि नयाँ चरणको प्रतिबन्ध लगाएको एक दिनपछि शुक्रबार ब्रसेल्सलाई रुसको ऊर्जा क्षेत्रमा दबाब बढाउन आह्वान गरेका छन् ।

जेलेन्स्कीले प्रागमा आयोजित ईयू शिखर सम्मेलनलाई सम्बोधन गर्दै भने, “आक्रमणकारी राज्यको आयको मुख्य स्रोत रुसी ऊर्जा क्षेत्रमा दबाबको दिशामा अघि बढ्नुपर्छ ।”

उहाँले मस्कोमाथि नयाँ प्रतिबन्ध लगाएकोमा ईयूप्रति आभार प्रकट गरे । उनले प्रतिबन्धले आयात÷निर्यात प्रतिबन्धलाई विस्तार गरेको छ र चार युक्रेनी क्षेत्रहरूमा रूसको कब्जाको कारण थप केही व्यक्तिहरूलाई कालोसूचीमा राखेको छ ।

जेलेन्स्कीले युक्रेनको जापोरिजझिया आणविक ऊर्जा केन्द्रलाई ‘असैन्यीकरण’ गर्न कीभको आह्वान पनि दोहो¥याउए । यो युरोपको सबैभन्दा ठूलो आणविक केन्द्र हो ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसै साता दक्षिणी युक्रेनमा रहेको उक्त प्लान्टको सञ्चालन आफ्नो सरकारलाई लिन आदेश दिएका थिए।

जेलेन्स्कीले भने, “यो रूसी सैन्य उपकरणहरूको बारेमा मात्र होइन, प्लान्टबाट सबै सैनिकहरू हटाउने बारेमा पनि हो ।” उनले आणविक सुरक्षाका लागि र युक्रेनका लागि निर्यातका लागि पर्याप्त बिजुली हुनु आवश्यक रहेको बताए ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  ८ : २७ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको