वीरेन्द्रनगर उपत्यकाको तल्लो तटीय क्षेत्र डुबानमा « Khabarhub

वीरेन्द्रनगर उपत्यकाको तल्लो तटीय क्षेत्र डुबानमा


२१ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्रनगर- विगत तीन दिनदेखि परेको अविरल वर्षका कारण वीरेन्द्रनगर उपत्यकाको तल्लो तटीय क्षेत्र डुबानमा परेको छ । वीरेन्द्रनगर नगरपालिका–९ को पर्सेनी, लबस्ता, तीलपुर, इटौरा, घोग्रेनीलगायतका क्षेत्र डुबानमा परेका हुन् । निरन्तर वर्षाका कारण उपत्यकाको तल्लो क्षेत्र डुबानमा परेपछि स्थानीयवासी घर छोडेर सुरक्षित स्थानतिर लागेका छन् । धानबाली सबै डुबाएको छ ।

वर्षाले जलमग्न वीरेन्द्रनगर उपत्यकाको दक्षिणतर्फको क्षेत्रमा जिल्ला प्रशासन कार्यालयका कर्मचारी र जनप्रतिनिधि अवलोकन गरेका छन् । साथै उक्त क्षेत्रमा बिहानदेखि नै सुरक्षाकर्मीको टोली परिचालन भइरहेको छ । उक्त क्षेत्रमा सबै परिवारलाई सुरक्षाकर्मीको टोलीले उद्धार गरेर सुरक्षित ठाउँमा सारेको छ । डुबानले पाक्नै लागेको सबै धान भने बाढीले नष्ट बनाएको स्थानीयवासीले बताएका छन् । हाल मानवीय क्षति कुनै पनि नभएको प्रहरीले जनाएको छ ।

जिल्लाका मुख्य राजमार्ग तथा अन्य सडक पहिराको कारण सवारी आवतजावतमा कठिनाइ भएको छ । पहिरो हटाउँदै सवारी आवतजावतलाई सहज बनाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए । उनका अनुसार बाढी प्रभावित क्षेत्रका स्थानीयवासीलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  ९ : १० बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति