देश/प्रदेश

पहिरोमा फसेका इजरायली नागरिकको हेलिकोप्टरमार्फत उद्धार

By खबरहब

October 07, 2022

गोरखा- पहिरोमा फसेका दुई जना इजरायली नागरिकसहित आठ जनालाई नेपाली सेनाले उद्धार गरेको छ ।

गोरखाको मनास्लु ईलाकाको न्याक गाउँमा बिहीबार आएको पहिरोमा दुई जना इजरायली नागरिक र छ जना नेपाली नागरिक फसेका थिए ।

उनीहरुलाई आज नेपाली सेनाले हेलिकोप्टरमार्फत उद्धार गरि काठमाडौँ ल्याएको हो । उद्धार गरिएकाहरुको स्वास्थ्य अवस्था सामान्य भएको नेपाली सेनाले जनाएको छ ।