प्रचण्ड गोरखा जाने भएपछि रेणुको प्रतिक्रिया : चितवनबासीका लागि दुर्भाग्य « Khabarhub

प्रचण्ड गोरखा जाने भएपछि रेणुको प्रतिक्रिया : चितवनबासीका लागि दुर्भाग्य


२१ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


558
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रतिनिधिसभा चुनावमा गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट चुनाव लड्ने भएका छन् ।

पार्टी कार्यालय, पेरिसडाँडामा शुक्रबार बसेको पदाधिकारी बैठकले चितवन ३ छाडेर प्रचण्डलाई गोरखा २ मा उम्मेदवार बनाउने निर्णय गरेको हो ।

प्रचण्डले चितवन छाड्ने भएपछि उनकी पुत्री तथा भरतपुर महानगरकी मेयर रेणु दाहालले यसलाई दुर्भाग्यपूर्ण भनेकी छन्। प्रचण्डको चुनावी कमान्डरसमेत तोकिएकी रेणुले प्रचण्डलाई गोरखा लैजाने निर्णय चितवनबासीका लागि दुर्भाग्य भएको बताएकी छन्।

‘दुखद चितवनवासीका लागी दुर्भाग्य स्तब्ध,भित्री बाहिरी षड्यन्त्रकारीहरूको नियत इतिहासले पक्कै उजागार गर्नेछ’ उनले फेसबुकमा लेखेकी छन् ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  १० : ५३ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको