धेरैसँगको यौनसम्पर्क र चुरोटले पाठेघरको मुखको क्यान्सर | Khabarhub Khabarhub

धेरैसँगको यौनसम्पर्क र चुरोटले पाठेघरको मुखको क्यान्सर


२१ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पछिल्लो समय क्यान्सरले धेरै महिलालाई सताएको छ। सबै क्यान्सरमध्ये पाठेघरको मुखमा हुने क्यान्सरपछिल्लो समय विकराल बन्दै गएको छ । त्यसैले पाठेघरको मुखको क्यान्सर के कारणले हुन्छ ? अस्पताल गएपछि उपचार कसरी हुन्छ ? यसै विषयमा आधारित भएर क्यान्सर रोग विशेषज्ञ डा. ऋतु बरालसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश :

पछिल्लो समय क्यान्सरलाई विकराल समस्याका रुपमा लिइन्छ, यो समस्या कसरी बुझ्ने ?
मेरो अनुभव अनुसार अहिले यो धेरै बढेको छ। यो दुई कारणले पत्ता लाग्छ, एउटा यो पहिला एमआरआई सिटी स्क्यान गरेर थाहा पाउन सकिन्छ। यो हरेक अस्पतालमा भएको कारणले चाँडो क्यान्सर पत्ता लागेको हुनसक्छ। पहिला पनि थाहा थियो होला तर पत्ता नलागेको होला। अहिलेको जीवन शैली, खानपान र धुलो धुवाले गर्दा पनि धेरै क्यान्सर पत्ता लागेको छ।

महिलामा पाठेघरको मुखको क्यान्सर के कारणले हुन्छ त ?
यो ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) को कारणले हुन्छ। त्यसमा हामीले ६ र १८ भनेर नाम दिन्छौँ। त्यो धेरै जनासँग यौन सम्पर्क राख्ने महिलामा धेरै हुन्छ । धेरै धूम्रपान अर्थात चुरोट खाने महिलामा पनि हुन्छ ।

यो भाइरस सर्ने बित्तिकै क्यान्सर हुने हो ?
यो धेरै व्यक्तिसँग यौन सम्बन्ध राख्ने महिलामा यो भाइरस धेरै सर्ने हुन्छ। अरू महिलामा पनि हुनसक्छ । यो भाइरस लाग्ने बित्तिकै क्यान्सर हुने होइन। यो भाइरस लागेपछि क्यान्सर नै हुन १० देखि १५ वर्ष लाग्छ। कसै कसैलाई त यो आफै निको भएर जान्छ । कसै कसैलाई मात्र यो क्यान्सर हुन्छ । हामी महिलाहरूले आफ्नो स्वास्थ्य प्रति धेरै ख्याल गर्नु पर्दछ । यो क्यान्सरको पहिला नै धेरै लक्षण देखा पर्दछन् । नराम्रो पानी बग्ने बित्तिकै डाक्टरको सल्लाह लिइहाल्नु पर्दछ। स्क्लीनिङ गर्न सकिन्छ र त्यो हरेक अस्पतालमा हुन्छ । त्यसमा बिआईए ,भिजुअल इन्फेक्सन भन्ने हुन्छ, त्यसमा थोरै एसिड राखेपछि आँखाले नै देखिन्छ त्यसको कलर फरक भएको र त्यो फरक भएपछि रोग छ है भनेर त्यसपछि डाक्टरहरूले ठूलो अस्पतालमा पठाउँछन्। अर्को अस्पतालमा स्त्री रोग विशेषज्ञ डाक्टरले सरभाइकल प्याप स्मियर भनिन्छ त्यो सानो ब्रस जस्तो भित्र छिराएर पानी निकालेर हामीलाई पठाउनु हुन्छ। हामीले प्याप स्मियर भन्छौँ। त्यसबाट हामीले पाठेघर भित्रको कोशिकालाई हेरेर के परिवर्तन आएको छ कि क्यान्सर हुने संकेत हो कि, इन्फेक्सन के छ भनेर पत्ता लगाउँछौँ । यदि क्यान्सर सम्बन्धी लक्षण देखिएको छ भने हामीले त्यो पत्ता लगाएर रिपोर्ट दिन्छौ र स्त्री रोग विशेषज्ञले हेरेर के गर्ने त उपचार भनेर सुझाव दिनुहुन्छ। प्याप स्मियर गरेपछि पनि १० वर्ष जतिको समय हुन्छ क्यान्सर हुनको लागि । त्यसैले मेन कुरा हामी महिला नै आफ्नो स्वास्थ्य प्रति सहज हुनु पर्दछ ।

अहिले कुन उमेर समूहमा धेरै यो समस्या देखा परेको छ ?
डब्ल्यूएचओले यो वर्षदेखि यसरी प्याप स्मियर गर्ने भनिएको छ । तर, हाम्रो जस्तो विकासोन्मुख देशमा त्यो सम्भव छैन । तर, नेपाल सरकारले पनि ३० वर्ष भन्दा माथिको उमेर समूहका महिलाले ५ वर्षको फरकमा स्क्लीनिङ टेस्ट गर्नु भनिएको छ । एउटा भाइरसले क्यान्सर लाग्न १० वर्ष लाग्छ त्यसैले ३० वर्षको उमेरमा जाँच गराइयो भने ४० देखि ४५ वर्षमा क्यान्सर हुन्छ । त्यसैले नेपाल सरकारले पनि कम्तीमा एक पटक त ३० वर्ष कटेपछि स्क्लीनिङ टेस्ट गर्नु पर्यो । ५ वर्षको फरकमा गर्दा धेरै राम्रो भनिएको छ ।

अस्पताल गएर जाँच गरेपछि चिकित्सकले बिरामीलाई रिपोर्ट के आएको छ भनेर किन भन्नु हुन्न ?
यो स्क्लीनिङ टेस्टको रिपोर्ट आउँने हुँदैन । । तर, त्यसमा आफू सजग भएर मलाई के भएको भनेर सोध्नु नै पर्दछ ।

पाठेघरको मुखको क्यान्सर भएर अस्पताल गएपछि उपचारको प्रक्रिया कस्तो हुन्छ ?
रिपोर्ट खराब आएको छ भने क्यान्सर भएको छ भने क्यान्सरको डाक्टरलाई नै देखाउँदा राम्रो हुन्छ । क्यान्सर भएको छ भने अन्त गएर समय खेर नगरी क्यान्सर रोग विशेषज्ञकोमा गइहाल्नु पर्दछ ।

यस्तो समस्या नआओस् भनेर के–के कुरामा ध्यान दिने त ?
क्यान्सर हुन नदिने भनेको क्यान्सर हुने कारणबाट टाढा रहने हो । हाम्रो समाजमा धेरै जनासँग यौन सम्पर्क गर्ने धेरै छैन । तर, पनि कोही भए त्यो रोक्ने, खानपानमा धेरै ध्यान दिने । धूम्रपान नगर्ने, ह्युमन प्यापिलोमा भाइरसको भ्याक्सिन ९ वर्षदेखि १४ वर्ष सम्मको लागि आएको छ । तर, यो ३० वर्ष सम्मकोले लगाउन मिल्छ । यो फ्रीमा छैन । तर, पैसा तिरेर लगाउँदा हुन्छ ।

यो भ्याक्सिन सबै नेपालीको पहुँचमा छ त ?
यो किनेर लगाउने भ्याक्सिन हो । नेपाल सरकारले निःशुल्क बनाएको छैन ।

यो भ्याक्सिनले कसरी काम गर्दछ ?
यो भ्याक्सिन पाठेघरको मुखको क्यान्सर गर्ने प्यापिलोमा भाइरस विरुद्धमा हो । त्यो प्यापिलोमा भाइरसलाई नष्ट गर्दछ ।

ल्याबमा बसेर धेरै क्यान्सर पत्ता लगाउनु भएको छ । कस्तो क्यान्सर बढी देखिन्छ ?
आउने महिला सम्बन्धी क्यान्सरमा धेरै पाठेघरको मुखको क्यान्सर धेरै आएको छ । त्यसपछि ओभरीको क्यान्सर धेरै आएको छ ।

अन्य क्यान्सर सम्बन्धी जान्नै पर्ने तथ्य केही छन् ?
गनाउने पानी, सेतो पानी बग्यो भने र शारीरिक सम्बन्ध गर्दा रगत बग्यो भने रोग नलुकाई नजिकको स्वास्थ्य चौकीमा जाने र त्यहाँको सल्लाह अनुसार विशेषज्ञ चिकित्सकको जान सुझाव दिन्छु । समयमा उपचार गर्दा क्यान्सर भयो भनेर निराश हुनुपर्दैन । त्यसैले क्यान्सर रहेछ भने पनि उपचार हुन्छ र रहेनछ भने पनि केही समस्या रहेनछ है भनेर थाहा हुन्छ । स्क्लीनिङ टेस्ट गर्दा ३० वर्ष कटेपछि आफैले डाक्टरलाई मेरो पाठेघरको मुखको पानी जाँच गरिइदिनु होस् भन्नु होस् । त्योबाट पनि क्यान्सर हुनबाट समयमा बच्न सकिन्छ ।

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ७ : ३० बजे

एक केजीभन्दा बढी सुन र नगदसहित ७ जना पक्राउ

काठमाडौं– प्रहरीले एक केजीभन्दा बढी अवैध सुन र नगदसहित ७

सर्वोत्तम सिमेन्टको पाँचौ वार्षिक साधारण सभा सम्पन्न

काठमाडाैं– सौरभ ग्रुप अन्तर्गतको सर्वोत्तम सिमेन्ट लिमिटेडले पाँचौ वार्षिक साधारण

नेपाली सेनामा जागिर खुल्यो , ३१९ जनाको दरखास्त आह्वान

काठमाडौं– नेपाली सेनाले विभिन्न पदहरूमा झन्डै ३१९ जनाका लागि दरखास्त

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन-चाँदी

मुुग्लिन-पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

गण्डकी– निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट