लमजुङमा तिहारमा तीन क्विन्टल सयपत्री फूल विक्री « Khabarhub

लमजुङमा तिहारमा तीन क्विन्टल सयपत्री फूल विक्री


२१ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

लमजुङ – मर्स्याङ्दी गाउँपालिका-९, सिम्पानीस्थित भलामचौर मिर्चे नमूना कृषि परियोजनाले तिहारका बेला मात्रै करिब तीन क्विन्टल फूल बिक्री गरेको छ। गत वर्षबाट कृषि पर्यटनसँगै व्यवसायिक फूल खेती सुरु भएको परियोजनाले यसवर्षको तिहारमा मात्रै तीन क्विन्टल अर्थात् करिब एक लाख रुपैयाँ बराबरको सयपत्री फूल बिक्री गरेको हो।

सिते बा ग्रुप अन्तर्गत एस जि हस्पिटालिटी नामक कम्पनीले भलामचौर मिर्चे नमूना कृषि फर्म सञ्चालन गरी गत वर्षबाट व्यावसायिक फूल तथा तरकारी खेती सुरु गरेको हो। १० रोपनी जमिनमा व्यावसायिक फूल खेती गरेको कम्पनीले पहिलो वर्ष करिब १० क्विन्टल फुल उत्पादन गरी बिक्री गरेको थियो। गत वर्षभन्दा यस वर्ष फूल उत्पादनमा कमी आएकाले माग अनुसारको फूल पुर्‍याउन नसकिएको नमूना कृषि परियोजना इन्चार्ज कमल गुरुङले बताए।

तिहारको लागि मात्र १४ वटा टनेलमा फूल खेती गरिएकोका दशैंमा लगातार परेको वर्षाले समयमा फूल उत्पादन नहुँदा मागअनुसारको फूल पुर्‍याउन नसकिएको उनको भनाइ छ। तिहार सकिएपश्चात् हाल फूल तयार भएको समेत उनले बताए।

उत्पादित फूल जिल्लाका विभिन्न स्थान र बाहिरी जिल्लामा समेत खपत भएको परियोजनाले जनाएको छ। कृषि तथा पर्यटन प्रवर्द्धनका लागि करिब एक सय रोपनी जग्गा २० वर्षका लागि भाडामा लिएर काम सुरु गरेको कम्पनीले यसवर्ष करिब १० रोपनी क्षेत्रफलमा व्यावसायिक सयपत्री फूल खेती गरेको थियो। गतवर्ष तिहारमा भएको मागअनुसार यसवर्ष धेरै क्षेत्रमा फूल खेती गरिए पनि समयमा फूल उत्पादन नहुँदा मागअनुसार पुर्‍याउन नसकिएको कम्पनीले जनाएको छ।

तिहारमा हुने फूलको मागलाई लक्षित गर्दै गाउँमा फुल खेती गरिए पनि उत्पादित फूल विभिन्न कार्यक्रम उत्सव समारोह लगायतको लागि अन्य समयमा पनि माग हुने गरेको छ। भलामचौरमा व्यावसायिक होमस्टेसमेत सञ्चालन भएको हुँदा उत्पादित फूल गाउँमा आउने पाहुनाहरूका लागि स्वागत र बिदाइमा माला तथा गुच्छा बनाउन पनि प्रयोग हुने हुँदा व्यावसायिक फूल खेतीको राम्रो सम्भावना देखिएको प्रवर्द्धक नविनराज कुईंकेलले बताए।

हाल करिब ५५ वटा टनेलमा फूलसहित विभिन्न तरकारी खेती गरिएको छ। कृषि उत्पादन र होमस्टे व्यवसायसँगै स्थानीयलाई कम्पनीले रोजगारी दिएको छ। रोजगारी नपाएर गाउँमै बेरोजगार बसेकाहरू पनि परियोजना सञ्चालन भएसँगै रोजगार पाएका छन्।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ११ : ४० बजे

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।

आचारसंहिता अनुगमन गर्न ७७ वटै जिल्लामा खटाइयो अधिकृत

काठमाडौँ– निर्वाचन आयोगले ७७ वटै जिल्लामा आचारसंहिता अनुगमन अधिकृत खटाएको

इरानमा प्रदर्शन दमनमा हजारौँको मृत्यु, तेहरानद्वारा अमेरिकालाई चेतावनी

पेरिस – तेहरानले वासिङ्टनलाई हस्तक्षेप नगर्न चेतावनी दिँदै सुरक्षा फौजले