अवैध लागूऔषधसहित ११ जना पक्राउ | Khabarhub Khabarhub

अवैध लागूऔषधसहित ११ जना पक्राउ


२१ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  सुनसरीको बराहक्षेत्र नगरपालिका–११ मधुवनस्थित भित्री सडकबाट ३ सय केजी गाँजासहित दुई जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिका–४ बस्ने ३१ वर्षीय मनिस दर्नाल र ३१ वर्षीय योगेन्द्र बजगाईँ रहेका छन् । प्रहरी चौकी मधुबनबाट खटिएको प्रहरीले बा।११ च ३०४२ नम्बरको बलेरो गाडी जाँच गर्ने क्रममा गाडीमा लुकाई ल्याएको उक्त परिमाणको लागूऔषध फेला पारी गाडी चालक मनिस र गाडीका सहचालक योगेन्द्रलाई पक्राउ गरेको हो । 

बाराको निजगढ नगरपालिका-१२ रामथलीबाट १० केजी गाँजासहित सोही नगरपालिका–१२ बस्ने ५८ वर्षीय प्रेम बहादुर लो लाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । 

मकवानपुरबाट रतनपुरतर्फ काधमा गाँजा बोकी लैजाँदै गरेको अवस्थामा अस्थायी प्रहरी पोष्ट रतनपुर र इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ लागूऔषध फाली भाग्न खोजे पश्चात उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

कैलालीको धनगढी उपमहानगरपालिका-१० बस्ने २० वर्षीया प्रिती रानालाई ४ ग्राम ब्राउनसुगरसहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । सोही उपमहानगरपालिका–३ मायामेट्रो अस्पतालमा शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले फेला पारी जाँज गर्ने क्रममा उनको साथबाट उक्त लागूऔषध फेला पारेको हो । 

नवलपरासी९पूर्व०को गैडाकोट नगरपालिका–२ बस्ने ४१ वर्षीय बिनोद सुनारलाई नियन्त्रित लागूऔषध डाईजेपाम २१ एम्पुल, नुफिन २० एम्पुलफेनारगन १४ एम्पुल सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनले आफ्नै घरमा लागूऔषध बिक्री गरिरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गैडाकोटबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । 

सिन्धुलीको कमलामाई नगरपालिका–८ हर्दियाबाट नियन्त्रित लागूऔषध डाईजेपाम ९५ एम्पुल, नुफिन ९८ एम्पुलफेनारगन ९९ एम्पुल सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा झापा दमक नगरपालिका-९ बस्ने २१ वर्षीय अशोक खड्का र दोलखा शैलुङ गाउँपालिका–३ घ्याङसुकाठोकर बस्ने ३१ वर्षीय सम्राट कार्की रहेका छन् । 

इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले बर्दिबासबाट काठमाडौंतर्फ जाँदै गरेको ना।१ ज ५७१४ नम्बरको सुमोलाई जाँच गर्ने क्रममा सुमोमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । सिरहाको मिर्चैया नगरपालिका–५ थाना चौकबाट करिव एक ग्राम ब्राउनसुगरसहित दुई जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा मिर्चैया नगरपालिका–१० रतनपुर टोल बस्ने २६ वर्षीय रविन्द्र यादव र सोही नगरपालिका–४ मिर्चैया बजार बस्ने २० वर्षीय अनिस कुमार साह रहेका छन् । इलाका प्रहरी कार्यालय मिर्चैया र लागूऔषध नियन्त्रण व्यूरोबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

बाँकेको नेपालगंज उपमहानगरपालिका–१५ जमुनाह चेक पोईन्टबाट ६ ग्राम ब्राउनसुगरसहित दैलेख नौमुले गाउँपालिका–२ बबर सैनी बस्ने २५ वर्षीय रमेश सिंहलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगन्जबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको उनलाई मलद्वारभित्र लुकाई ल्याएको उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । पर्साको वीरगन्ज महानगरपालिका–१६ रजन्तिचौकबाट दुई केजी गाँजासहित भारत बिहार राज्य घर बताउने ५५ वर्षीय बालक दासलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । 

वीरगन्जबाट रक्सौलतर्फ जाँदै गरेका उनलाई उक्त लागूऔषध सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो । 

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  १ : ५६ बजे

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १२ जना पक्राउ

काठमाडौं– काठमाडौंको तारकेश्‍वर नगरपालिका-८ शेषमती लामबगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब

राष्ट्रिय झन्डा ओढेर जेन-जीका नाममा विध्वंश मच्चाउने रास्वपा कार्यकर्ता समातिए

पोखरा- गत भदौ २४ गते भएको जेन-जीहरूको आन्दोलनका क्रममा राष्ट्रिय

रैथाने बाली संरक्षणमा प्रदेश सरकार, जग्गा बाँझो राख्नेलाई जरिवाना

काँक्रेविहार – कर्णाली प्रदेशमा उत्पादन हुने नौवटा रैथाने प्रजातिका बालीहरू

गोदरेजले नेपालमा इओन रेगालिस एआई फ्रन्ट लोड वाशिंग मसिन सुरुवात गर्दै 

काठमाडौं– गोदरेज एप्लायन्सेसले नेपालमा आफ्नो प्रिमियम इओन रेगालिस ८ किलोग्राम

दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीले अनुसन्धान गर्दै

नयाँदिल्ली– भारतीय फरेन्सिक टोलीहरूले मंगलबार बिहान राजधानी नयाँदिल्लीको मुटुमा भएको