महिलाहरुमा प्रजनन् समस्या निरन्तर बढ्दै | Khabarhub Khabarhub

महिलाहरुमा प्रजनन् समस्या निरन्तर बढ्दै

असुरक्षित सम्पर्क, सरसफाईको कमी र व्यस्त जीवनशैलीले सकस



काठमाडौँ : पछिल्लो समय महिलामा प्रजनन स्वास्थ्यका समस्या धेरै देखिन थालेको छ । तुलनात्मक रूपमा पुरुषभन्दा महिलामा स्वास्थ्य समस्या धेरै हुन्छन् । महिलामा प्रजननसम्बन्धी स्वास्थ्य समस्या धेरै हुन्छ । विशेषगरी पाठेघर क्यान्सर तथा ट्युमर, विभिन्न यौन रोग र स्तन क्यान्सरजस्ता गम्भीर समस्या हरू हुन् ।

महिलाहरूमा धेरै समस्यामध्ये एक हो, सेतोपानी बग्ने । सेतो पानी बग्ने समस्या पछिल्लो समयमा धेरै नेपाली महिलामा देखिँदै गएको छ । यो समस्याका धेरै कारण छन् । स्वास्थ्यजाँचपछि मात्रै समस्याको कारण पहिल्याउन सकिन्छ । सेतोपानी बग्ने प्रमुख कारण योनी र पाठेघरमा हुने संक्रमण नै हो ।

एकभन्दा बढी व्यक्तिसँग असुरक्षित शारीरिक सम्बन्ध राख्ने महिलामा यो समस्या बढी देखिन्छ । यौनांग सरसफाइमा ध्यान नदिँदा पनि संक्रमणको खतरा रहन्छ । मधुमेह रोग लागेका महिलामा पनि सेतोपानी बग्ने समस्या हुन्छ । पाठेघरमा क्यान्सर भएको छ भने पनि यस्तो समस्या हुन्छ ।

पिल्स खाइरहेका महिला र गर्भावस्थामा सेतोपानी बग्नु भने सामान्य अवस्था हो । यो अवस्थामा उपचारको आवश्यकता पर्दैन । गर्भवती महिलामा एस्ट्रोजोन हर्मोन बढी हुने भएकाले सेतोपानी बग्छ । तर, गन्हाउने र योनांग चिलाउने भयो भने उपचार गराउनुपर्छ ।

यौनांग चिलाउने समस्या

योनीमा हुने इन्फेक्सनका कारण यौनांग चिलाउने समस्या हुन्छ । कहिलेकाहीँ पाठेघरको मुखमा क्यान्सर भयो भने पनि योनी चिलाउँछ । पाठेघरभित्र र योनीबाहिर क्यान्सर भयो भने योनी चिलाउँछ ।
विशेषगरि असुरक्षित यौनसम्पर्क पनि यो समस्याको एक प्रमुख कारण हो ।

पछिल्लो समय धेरै जसो महिलामा यौनांग चिलाउने समस्या बढी रहेको छ । कहिलेकाहीं यसरी यौनांग चिलाउनुलाई सामान्य मानिएपनि लामो समयसम्म समस्या कायम रहे त्यो दीर्घरोगको कारण हुन सक्छ । महिला यौनांग धेरै कारणले चिलाउन सक्छ ।

तीमध्ये प्रमुख कारण योनी राम्रोसँग सफा नहुनु हो । त्यसबाहेक जथाभावी यौनसम्पर्क राख्दा पनि यस्ता समस्या देखिन्छ ।

समस्या कसरी थाहा पाउने ?

सबैभन्दा पहिले समस्याको कारण पत्ता लगाउनुपर्छ । कुनै रासायनिक पदार्थ (पफ्र्युम) को प्रयोगका कारण यो समस्या सिर्जना भएको हो भने त्यस्तो पफ्र्युमको प्रयोग बन्द गर्नुपर्छ । कतिपयलाई बाथटब वा स्वीमिङ पुलमा नुहाउँदा पनि यौनांग चिलाउने समस्या देखा पर्न सक्छ । त्यसैले सकेसम्म बाथटब वा स्वीमिङ पुलमा नुहाउनु हुँदैन । सुतीको भित्रीकपडा प्रयोग गर्नुपर्छ । राति सुत्दा सकेसम्म भित्रीकपडा प्रयोग गर्नुहुँदैन । समस्या समाधान नभएसम्म शारीरिक सम्पर्कबाट टाढै रहनुपर्छ ।

महिनावरी हुँदा ताजा फलफुलको सेवन गर्नुपर्छ । यसको सेवनले भिटामिन ‘सी’ र ‘ए’ ले योनीमार्गलाई स्वास्थ्य राख्न मद्दत गर्छ । साथै, प्राकृतिक रेशाहरूले आन्द्राको चाल पनि राम्रो गर्ने भएकाले फलफूल नियमित सेवन गर्नुपर्छ ।

दैनिक ८ देखि १० कप लगभग ४ लिटरभन्दा बढी पानी पिउने गर्दा राम्रो हुन्छ । यस्तो अवस्थामा मद्यपानले यिष्टको वृद्धि गराउने भएकाले मदिरालगायत चिया, कफी पनि कम सेवन गर्दा उत्तम हुन्छ ।
धेरै गुलियो खानेकुरा तथा दुधबाट बनेका परिकारले योनीमार्गका जीवाणुको वृद्धिमा मद्दत गर्छन, यस्ता खानेकुरा कम खाँदा नै बुद्धिमानी हुन्छ । सधैँ आफ्नो यौनाङ्ग सफा राख्नुहोस्, तर धेरै पखाल्ने काम नगर्नुहोस्

सधैँ अगाडिबाट (योनीमार्गतिरबाट) पछाडि (मलद्वारतिर) पखाल्नुहोस । यसले मलद्वारमा भएको जीवाणुलाई योनीमार्गमा तथा पिसाब नलीमा जानबाट रोक्छ । योनीमार्ग सफा गर्न महँगो अनि बास्नादार साबुन वा सेम्पु नै चाहिँदैन । सामान्य साबुन वा कम क्षार भएका भजाइनल वासले पनि राम्रो सफाइ गर्न सकिन्छ । सुगन्धयुक्त प्याड तथा योनीमार्गको छेउछाउमा पाउडर प्रयोग गर्नु उपयुक्त हुँदैन ।
पीडा कम गर्न हट रबर ब्यागको प्रयोग वा चिकित्सकको सल्लाहबमोजिम दुखाइ कम गर्ने औषधि सेवन गर्न सकिन्छ ।

महिनावारी गडबडी

स्वास्थ्यमा कुनै समस्या नहुँदा पनि कहिलेकाहीँ महिनावारीमा गडबडी हुन्छ । महिनावारी गडबडी विशेषगरी १९ देखि ४९ वर्ष उमेरका महिलामा देखा पर्छ । यो उमेरमा बढी रगत जाने, महिनावारी एक्कासि बन्द हुने समस्या देखा पर्छ ।

पाठेघरमा क्यान्सर हुँदा, अण्डासयमा ट्युमर हुँदा पनि धेरै रगत जाने र महिनावारी रोकिने हुन्छ । पाठेघरको मुखमा क्यान्सर भएका तथा थाइराइडले सताएका महिलामा रगत बढी जाने हुन्छ । कहिलेकाहीँ थाइराइडले महिनावारी सुकाइदिने पनि गर्छ ।

पाठेघरको ट्युमर
शरीरमा हर्मोनको मात्रा बढी भयो भने पाठेघरमा ट्युमर हुन्छ । यो समस्या जेनेटिक पनि हुन्छ । आमाको पाठेघरमा ट्युमर छ भने छोरीलाई पनि हुने सम्भावना रहन्छ । परिवार नियोजनको साधन डिपो सुई लिने महिलाले यसमा विशेष ध्यान दिनुपर्छ ।

पाठेघर तल झर्ने समस्या

पाठेघर तल झर्ने प्रमुख कारण बच्चा धेरै जन्माउनु, सानो उमेरमै बच्चा जन्माउनु हो । बच्चा जन्माउने क्रममा पाठेघरको मुख नखोलिँदै आमाले धेरै बल गरे, बच्चा जन्मिएपछि साल राम्रोसँग नछुट्टिँदै ताने पनि पाठेघर खस्ने समस्या हुन्छ ।

यस्तो बेला पाठेघरलाई सपोर्ट गर्ने लिगामेन्ट छुट्टिन्छ र पाठेघर तल झर्छ । धेरै खोक्दा, सुत्केरी भएको ६ साताभन्दा अगाडि काम गर्दा, गह्रौँ काम गर्दा, पाठेघरमा ट्युमर हुँदा पाठेघर झर्न सक्ने सम्भावना रहन्छ ।

पौष्टिक आहारको कमी भएका महिलामा पनि पाठेघर झर्ने समस्या धेरै हुने गरेको छ । अस्थायी साधनको गलत प्रयोग, परिवार नियोजनका अस्थायी साधन धेरै प्रयोग गर्ने महिलामा पनि धेरै समस्या देखिने गरेको छ । पछिल्लो समय युवा पुस्ताले गर्भपतनका औषधिलाई परिवार नियोजनको साधनका रूपमा लिने क्रम बढ्दो छ ।

यस्ता महिलाको रगत धेरै जाने समस्या हुन्छ । निलोकन चक्कीको धेरै प्रयोग गर्दा पनि रगत धेरै बग्ने हुन्छ । इम्प्लान्ट प्रयोग राम्रोसँग नहुँदा समस्या आउँछन् ।

परिवार नियोजनका साधनको सही तरिकाले प्रयोग नगर्दा क्यान्सर भएका र रगत जाने खतरा बढ्छ र पछि यही कारण समस्याको लागि पर्याप्त हुन्छ । यदि जो कोहीलाई यस्तो सम्बन्धित समस्या वा लक्षण देखापरेको छ भने तुरून्त कुनै लाज नमानी, हिचखिचाहट बिना सम्बन्धित यौनरोग विशेषज्ञ डाक्टर वा नजिकैको स्वास्थ्य संस्थामा गएर चेकजाँच तथा सरसल्लाह लिन चिकित्सकको सुझाव छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  २ : २४ बजे

प्रिमियर लिगको उपाधि लगातार चौथो पटक जित्दै सिटीले रच्यो दुर्लभ इतिहास

काठमाडौं- म्यान्चेस्टर सिटीले लगातार चौथोपटक इङ्लिस प्रिमियर लिगको उपाधि जितेको

इरानमा राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना, खोजी जारी

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर आइतबार खराब

जैविक विविधता संरक्षणमा डब्लुडब्लुएफको योगदान प्रशंसनीय : वनमन्त्री सुडी

काठमाडौं – वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जैविक विविधता

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ

कामठाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो

रविले बोले पनि फुकेन संसदको गाँठो

काठमाडौं- प्रतिनिधिसभा बैठकमा भइरहेको अवरोध हटाउने सत्तापक्ष र प्रतिपक्षको केही